Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
विचार
बिहीबार, साउन १२, २०७४ ००:००:०० | Comments
सहयोगको चर्चा चुलिए पनि म मख्ख छैन
सुजता गोले तामाङ - मलाई सानै उमेरदेखि समाज सेवा गर्ने मन थियो । मेरो ममी बितेको एक वर्ष मात्रै भयो । ममीले सुसाइड गरेपछि मानसिक रुपमा विक्षिप्त भएकी थिएँ । ममीको मृत्युपछि म १७ दिनसम्म मेन्टल अस्पताल बसेँ ।  काठमाडौं आएको एक वर्ष मात्रै भयो । कक्षा आठसम्म दोलखामै पढेकी हुँ । घरमा दुःखद घटना घटेपछि बुवाले मलाई पढ्नका लागि काठमाडौं ल्याउनुभयो । म घरमा हुँदा पनि अरुको दुः...
शनिबार, जेठ २०, २०७४ ०२:०९:१९ | Comments
पेरिस सम्झौताः डोनाल्ड ट्रम्पको ऐतिहासिक भूल
लरेन्स टुबिआना  पेरिस, २ जून । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी बिहीबार घोषणा गरेका छन् । निःसन्देह ट्रम्पले एउटा ठूलो भुल गरेका छन् जसका कारण उनको आफ्नै देश अमेरिका र विश्वलाई नै गम्भीर समस्यामा पार्नेछ ।  ट्रम्पको दाबी छ, पेरिस सम्झौतामा पुन...
शनिबार, माघ १५, २०७३ २२:०४:०४ | Comments
आफ्नो गुमेको इतिहासको लागि आवाज बुलन्द पार्नुपर्दछ
-मानछिरिङ तामाङ नेपालका तामाङ समुदायको चित्रण एक वाक्यमा भन्ने हो भने ‘अभिभावक गुमाएका अनाथ बालक’को जस्तै छ । नेपालका आदिवासी जनजातिको इतिहास बोकेको तामाङ समुदाय राजनीतिक परिवर्तनपछि पनि लगभग अस्तित्वविहीन अवस्थामै छन् भन्दा अन्यथा नहोला । बहुसंख्यक भएर पनि आफ्नो अस्तित्व जोगाउनै संघर्ष गरिरहेको तामाङको ठूलो समुदाय एक्काइसौं शताब्दीमा पनि उही ढुंगेयुगको झझल्को आउने...
बुधबार, माघ १२, २०७३ १२:२४:१७ | Comments
अनुभवमा अघिल्लो व्यस्त सप्तान्त
भोला आचार्य अघिल्लो सातान्तले धेरै नेपालीहरुलाई विशेषगरी टेक्सासवासीहरुलाई निकै व्यस्त वनायो । न्युयोर्कको वसाईमा गरिने यसप्रकारको व्यस्तता मैले यतासरेपछि गरेको पहिलो अनुभव हो ।  डलास शहरमा शुक्रबार वेलुकादेखि शुरु भएको त्यो व्यस्तता आईतबार अवेरसम्म चलेको थियो । समाचार र विचारमा कलम चलाउने मिडियाका साथीहरुले समाचार र विचारका श्रव्य दृष्य सामाग्रीहरु लगातार संप्रेषण गरिरहे ...
शनिबार, पौष २, २०७३ ०२:४८:४४ | Comments
एक महिने नेपाल भ्रमणमा यस्तो भोगियो
विकासराज न्यौपाने, अमेरिका अमेरिकी राष्ट्रपतिमा कसले जित्छ ? गत महिना म नेपाल रहँदा प्राय जमघटमा यही प्रश्नको सामना गर्नु प¥यो । नेपाली समुदायबीच अमेरिकामा जति चासोको विषय थियो राष्ट्रपतिको निर्वाचन । नेपालमा त्यो भन्दा कम्ति थिएन ।अमेरिकी निर्वाचनका सन्दर्भमा नेपालमा भेटिएका नेपालीका चासो तीन प्रकारका थिए । पहिलो, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अव...
बुधबार, मंसिर २९, २०७३ ०९:५८:४९ | Comments
संविधान संसोधनः खोक्रो राष्ट्रवाद
-सेतेमान तामाङ संविधान संसोधनको विधेयक प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएता पनि बेवारिसे अवस्थामा अलपत्र भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मधेसी मोर्चालगायत संविधानप्रति असन्तुष्टि रहेका दलको माग सम्बोधन हुनेगरी प्रस्ताव दर्ता गरेपनि मधेसी मोर्चा समेत उक्त विधेयकप्रति समर्थन गरिरहेको छैनन् ।  प्रतिपक्ष नेकपा एमाले उक्त विधेयक राष्ट्रघाती रह...
शनिबार, मंसिर २५, २०७३ १८:३५:२५ | Comments
बेलायतको बाटो
-युवराज विद्रोही बेलायत अर्थात विकासको चरम नमुना देख्न पाइने देश । जे सुने, बुझें र पढेको थिएँ, पुगेपछि थाहा भयो त्योभन्दा बढी रहेछ बेलायत । बेलायत अर्थात् इग्ल्याण्ड, स्कटल्याण्ड, बेल्स र उत्तरी आयरल्याण्डको संयुक्त रूप । चारवटा देश मिलेर बनेको रहेछ, युनाइटेड किङ्डम । इग्ल्याण्डले पूरै देशहरूको नेतृत्व सम्हालेको छ । उसो त हरेक देशमा आ–आफ्नै संसद र सरकार छ । केन्द्रीय नीत...
बिहीबार, मंसिर २३, २०७३ १५:०७:०५ | Comments
डा. केसीको आन्दोलनबाट सिक्नुपर्ने पाठ
पासाङ तामाङ सामान्यतया कुनै पनि समुदाय वा समुह विशेष गरी राजनीतिक दलको आन्दोलन भनेपछि हामी सोच्ने गर्छौ कि आज यातायात बन्द होला भनेर । आन्दोलन, बन्द अनि हड्ताल यातायातसँग नजोडिएको सायद कमै मात्र होला ।  हुन पनि त्यस्तै हुने गर्दछ । त्यस्तै गरी कृषकले आफनो उत्पादन बजारमा बेच्न नपाउने भए भनेर चिन्ता लिनु, व्यापारीले पसल खोल्न नपाउने कुरामा चिन्तित हुन्छन् । बिद्यार्थीहरु वि...
बिहीबार, मंसिर २३, २०७३ १५:०२:०५ | Comments
'मिल्नुको विकल्प छैन, पछाडि फर्कने कुरा नगर्नुहोस'
बुद्धिलाल तामाङ, क्यानडा कहिले काहीँ लाग्छ हामीहरु अध्यारामै अभ्यस्त छौ। लामो समय अध्यारोमा बसेकाहरुलाई एक्कासी उज्यालोमा आउँदा गाह्रो अवश्य हुन्छ। आँखा दुख्छ। तिरिमिरी हुन्छ। म काठमाडौमा लामो समय बसेकै व्यक्ति हुँ, जब क्यानडा आए र फर्केर नेपाल जाँदा काठमाडौको ट्राफिक भद्रगोल देखेर जिब्रो टोके। भनिन्छ 'वस्तु र चेतना बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ।' वस्तुले मा...
शनिबार, मंसिर १८, २०७३ २०:५५:११ | Comments
आदर्श पुरुष स्व.भीमबहादुर तामाङ र हाम्रो चिन्तन
-सेतेमान तामाङ नेपाली राजनीतिमा कहिल्यै ननिभ्ने दियो र जहिले बलिरहने मशालको ज्वालाजस्तै उदयमान आदर्श पुरुष स्व. भीमबहादुर तामाङको भौतिक शरीर हामी सामु नभए पनि उहाँको बिचार, आदर्श, सिद्धान्त र राजनीतिक मूल्य, मान्यता सधैं हामी माझ चम्किलो ताराझैँ चिम्किरहेको हुन्छ ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री जन नायक वीपी कोइरालासँगै निर्वासित जीवन बिताउँदै आएका प्रजातन्त्रप्रत...
बुधबार, मंसिर ८, २०७३ १०:४५:०० | Comments
सांसदको तलबभत्ता वृद्धिः नैतिकता र दायित्वप्रति प्रश्न
सेतेमान तामाङ व्यवस्थापिका सांसद सदस्यहरुको तलब भत्ता वृद्धि गर्ने विधेयक पारित गरिएको छ । राजनीतिक दलका नेताहरूप्रति आम नागरिकको विश्वास गुमाएको बेला तलब भत्ता वृद्धि गराएर झनै सर्वसाधारणलाई आक्रोश बनाएको छ । एउटा सांसद  सदस्यको तलब भत्ता ५५ हजार ५ सय, दैनिक बैठक भत्ता १ हजार, एक हजार सवारी (टेक्सी) भाडा र जिल्ला भ्रमण दैनिक २ हजार ५ सय हुने गरि सांसद सदस्यहरुको तलब भत्ता...
बुधबार, मंसिर ८, २०७३ १०:४५:०० | Comments
अदक्ष कामदार: कमजोर नीति र फितलो कार्यान्वयन
-पासाङ तामाङ विश्व अहिले विज्ञान, प्रविधि र सूचना सञ्चारले गर्दा बिकासको क्रम चरमचुलीमा पुगिसकेको छ भने विश्वव्यापिकरण अनि भुमण्डलिकरणको अवधारणाले आजको विश्वलाई खुम्च्याएको हामी अनुभव गर्न सक्छौ । विश्वको विभिन्न ठाउँबाट विविध विशेषता भएको विविध धर्म, सस्कृति, भाषाको मान्छेहरु एउटै कार्यथलोमा साझा लक्ष्य प्राप्तिको लागी काम गरिरहेका पाउछौ । त्यसैले भौगोलिक रूपमा सिमानाहरु यथा...
बुधबार, मंसिर १, २०७३ ०२:०५:५९ | Comments
मैले देखेको उत्तर कोरिया
प्रमोदराज सेढाई  उत्तर कोरिया विशेष अवसरमा पनि सीमित सञ्चारकर्मीलाई मात्र प्रवेश दिइने देश हो । अन्य बेला उसले विरलै मात्र सञ्चारकर्मीहरुलाई प्रवेश दिने गर्दछ । उत्तर कोरियाली अधिकारीबाट औपचारिक रुपमा टेलिभिजन पत्रकारलाई रिपोर्टिङको अनुमति दिएको मेरो लागि पहिलो घटना थियो ।  आठ दिनको कोरियाली बसाईमा उत्तर कोरियाली अधिकारीले कोरियाका प्रायः सबै महत्वपूर्ण सामरिक, प्राव...
आइतबार, कार्तिक ७, २०७३ ०९:४५:०० | Comments
नेवार समुदायबारे मेरा केही कुरा
-निर्मल प्रधान म कुनै राजनैतिक दलको कार्यकर्ता त होइन तर म नेपाल भाषी नेवार हुँ । अहिले नेपालीहरुको चाडपर्व मनाउने र शुभकामना दिने माहौल  छ । चाडको कुरा गर्दा भोजको कुरा आउँछ । भोजको कुरा गर्दा नेवार बिग्रियो भोजले भन्छन । तर, हामीले यो नेपाली उखानभित्र चाहिँ कति सत्य र व्यवहारिक भन्ने वास्तविकता अध्ययन गर्न र बुझन जरुरी छ ।  मल्लकालीन समयमा जब नेपाल मण्डल थियो । काठ...
सोमबार, साउन २४, २०७३ ००:००:०० | Comments
अस्ट्रेलिया जान ‘डराएका’ प्रचण्ड अब विदेश भ्रमण जाने कि नजाने ?
गत असारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वनिर्धारित अस्ट्रेलिया भ्रमण एकाएक रद्द गरे । अन्तिम समयमा उनले भ्रमण रद्द गरेपछि धेरैथरी आशंका गरियो । त्यसमध्येको प्रमुख आशंका थियो, उनीमाथिका युद्धकालीन मुद्दासम्बन्धी आरोप र मानव अधिकारको विश्वव्यापी अधिकार क्षेत्रअन्तर्गत त्यही आरोपमा पक्राउ परिने डर ।
शुक्रबार, आषाढ २४, २०७३ ००:००:०० | Comments
एसएलसी, ग्रेडिङ र नयाँ शिक्षा
रामशरण गैरे/ एसएलसी परीक्षामा सहभागीमध्ये ८२.१२ प्रतिशत विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् भने बाँकी १७.८८ प्रतिशतले पनि प्राविधिक शिक्षाअन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न पाउने छन् । एसएलसी परीक्षाको मूल्यांकन पद्धति ग्रेडिङमा गएपछि यति धेरै संख्यामा विद्यार्थीले उच्च शिक्षाको अवसर पाएका हुन् ।
मंगलबार, आषाढ २१, २०७३ ००:००:०० | Comments
भगवान बुद्धका दर्शनलाई महत्व दिने कि नागरिकतालाई ?
राम लामा लस एन्जलस वरिपरि बस्ने बंगलादेशी बुद्धिष्ट सोसाइटीले २५६० औं बुद्ध जयन्ती समारोहमा मलाई बुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाको अध्यक्षको नाताले सहभागी हुने सौभाग्य जुरेको थियो । उक्त भव्य समारोहका बीच 'भगवान गौतम बुद्ध जन्मेको पवित्र भूमि नेपालबाट आउनु भएका राम लामा र उहाँकी धर्म पत्नीलाई मञ्चमा आएर हाम्रो सानो उपहार ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौं' भने पछि हर्...
बुधबार, आषाढ १५, २०७३ ००:००:०० | Comments
संसारमै दुःखको कारण अज्ञानता र नकारात्मक सोच
बौद्धधर्म गुरु से नमखा दोर्जे
जीवनमा सबैभन्दा महत्वपूर्ण र नभइ नहुने कुरा भनेको खाना हो । दोस्रो सास फेर्नु र तेस्रो धर्म हो । प्रायः जसो मानिसलाई धर्मको महत्वबारे ज्ञान छैन । मानिसलाई हामीले प्रश्न ग¥यौं भने सबैभन्दा महत्वपूर्ण उसले खाना भन्छ । त्यस्तै, सासविना मानिस बाँच्न असम्भव भएकाले सास महत्वपूर्ण पक्कै भन्छन् । तर मेरो विचारमा खाना र सास फेर्नुभन्दा पनि पहिलो धर्म हो । खाना र सास फेर्नु भनेको नमर...
बिहीबार, जेठ २७, २०७३ ०५:४७:२७ | Comments
साइलेन्ट् किलर’ बन्दै वायु प्रदुषण
कृष्ण अधिकारी  काठमाडौँ, २६ जेठ । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । जुन ५ लाई विश्वभर वातावरण दिवस मनाइरहँदा मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने ‘साइलेन्ट किलर’को रु...
मंगलबार, जेठ ४, २०७३ २१:४१:२२ | Comments
बेवास्ता नगरौँ रक्तचापलाई
काठमाडौँ, ४ जेठ । बढ्दो आधुनिकीकरणसँगै नेपालमा रक्तचापका बिरामी पनि बढ्न थालेका छन् । चिकित्सकले स्वस्थकर खानापान, शारीरिक व्यायाम र मानसिक तनाब नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्न सुझाव दिएका छन् । कुनै समयमा न्यून मात्रा देखिने ‘ब्लडप्रेसर’को समस्या आजभोलि धेरैको समस्या बन्ने गरेको छ ।  धेरैले रक्तचाप घटबढ हुँदा सामान्य रुपमा लिई चिकित्सककहाँ जान आवश्य...
आइतबार, जेठ २, २०७३ ०५:३९:४८ | Comments
किमको ‘नरम’ प्रस्तावले ल्याएन नयाँ सञ्चार
मोहिनी मिश्र रिसाल काठमाडौँ, १ जेठ । उत्तर कोरियाले गत हप्ता एउटा नयाँ प्रस्ताव ल्यायो– विश्वमा निशस्त्रीकरणमा सघाउने र दक्षिण कोरियासँग एकीकरण गर्ने । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीको कङ्ग्रेसलाई सम्बोधन गर्दै यस्तो प्रस्तावको घेषणा गरे ।  तर उनको यस्तो प्रस्तावप्रति विश्वमा कुनै नयाँ आशाको सञ्चार भने भएन । किनभने उत्तर कोरियाली नेताले यो आह्वान कम्...
शनिबार, बैशाख १८, २०७३ १६:५०:४९ | Comments
नयाँ मुलुकमा पुराना मान्छे
गुलरिया (बर्दिया), १८ वैशाख । नयाँ मुलक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८५७ मा भारतमा उठेको सिपाही विद्रोहलाई दबाउन नेपालले सघाएबापत प्राप्त भएको हो ।  सन् १८१४ देखि १६ मा अङ्ग्रेजसँग भएको युद्धमा नेपालले ती लगायत थुप्रै भूभाग गुमाएको थियो । बेलायत र नेपाल सरकारबीच १८६० मा भएको तीनबुँदे सन्धि अन्तर्गत नयाँ मुलुक नेपाल भित्र आउनाका साथै नयाँ सीमाङ्कन भई जङ्गे ...
शनिबार, बैशाख १८, २०७३ ०६:३९:५२ | Comments
अमेरिकाले नेपाललाई दिएको भन्सार छुट: माछो माछो भ्यागुतो
राम लामा लामो समयदेखि अमेरिकी सिनेटर डायना फेन्स्टायनको सक्रियतामा नेपाली तयारी पोशाकलाई अमेरिकामा भन्सार छुटको लागि पहल गरिएको थियो।विभिन्न सिँडी पार गर्दै अन्तत ७ जनाबरी २०१५ मा फेरि फेन्स्टायनले बिभिन्न कारणले अती कमजोर हुँदै गईरहेको नेपालको आर्थिक अवस्था उकास्न नेपालमा निर्मित तयारी पोशाकलाई अमेरिकामा भन्सार छुटको सुविधा दिनुपर्छ भनी अमेरिकी सिनेटमा बिल पेस गरेकी थिईन्।...
शुक्रबार, बैशाख ३, २०७३ २०:०८:५७ | Comments
‘दाँतको बेवास्ता घातक हुनसक्छ’
काठमाडौँ, ३ वैशाख । तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ । जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । रुपमा मानिस जतिसुकै राम्रो भए पनि दाँत फोहर छ भने उसको व...