Thursday, September 20 , 2018| बिहीबार, आश्विन ४, २०७५ |
तामाङद्धारा गुम्बा निर्माणका लागि ५० हजार रुपयाँ सहयोग
आइतबार, भाद्र १०, २०७५ २०:२५:१७ | Comments

२६ अगष्ट, काठमाडौं । शैलुङ रिगसुम गोन्पो सेवा समाजद्वारा निर्माणाधीन झ्याङ्छ्युब छ्योर्तेनको लागि तामाङ कल्चरल एण्ड बुद्धिष्ट सेन्टर, न्यूयोर्कका संयोजक तथा समाजसेवी इन्द्र तामाङले  ५० हजार १ सय एक सय रुपैयाँ सहयोग गरेका छन् ।

समाजसेवी तामाङले कपन गुम्बास्थित बौद्धधर्म गुरु एवं टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । नेपाली बुलेटिनसँग कुराकानी गर्दै तामाङले पवित्र उद्देश्यले निर्माणधीन भईरहेको गुम्बाको लागि सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । 

दोलखा र रामेछापको संगमस्थल ऐतिहासिक,पर्यटकीय पवित्र धार्मिक स्थल ३,१४५ मिटरको उचाइमा अवस्थित शैलुङमा बौद्धधर्म गुरु एवं टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षेको सदिक्षा र संरक्षणमा गुम्बा निर्माणधीन अवस्थामा रहेको छ । 

प्रतिकृया दिनुहोस