Wednesday, November 21 , 2018| बुधबार, मंसिर ५, २०७५ |
अमेरिकाले आपत्ति जनाउने
बिहीबार, भाद्र ७, २०७५ २२:०४:३३ | Comments

जेरुसेलम, २३ अगष्ट । सिरियाको इद्लिब प्रान्त पुनः सरकारले कब्जामा लिनका लागि रासायनिक हतियार प्रयोग गरेको पुष्टि भएमा अमेरिकाले कडा प्रतिक्रिया जनाउने सङ्केत गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारले बुधबार सिरियाली राष्ट्रपति बसर अल असादको सरकारलाई यस्तो सङ्केत गरेको समाचारमा जनाइएको छ । सिरियामा रासायनिक हातहतियार आपूर्ति गर्न इरानको हात रहेको अमेरिकाले बारम्बार आरोप लगाउँदै आएको छ । 

जेरुसेलमको भ्रमणमा रहनु भएका सुरक्षा सल्लाहकार जोन बोल्टोनले पत्रकार सम्मेलनका क्रममा सो कुरा बताएका हुन्। इरानको शासन सत्ता परिवर्तन गर्ने अमेरिकी नीति नभएको बोल्टोनले स्पष्ट पारेका छन् । तर इरानले आफ्नो शासन सत्ताको व्यवहारमा भने आमूल परिर्वतन गर्नुपर्ने उनको भनाई छ । 

प्रतिकृया दिनुहोस