Wednesday, November 21 , 2018| बुधबार, मंसिर ५, २०७५ |
ट्रम्पका वरिष्ठ सल्लाहकार इजरायल भ्रमणमा
सोमबार, भाद्र ४, २०७५ ०९:२०:२० | Comments

जेरुसलेम, १९ अगष्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूसँग भेटवार्ता गर्न आइतबार इजरायल पुगेका छन् । सिरिया, इरान र गाजा क्षेत्रका विषयमा द्विपक्षीय चासो भइरहेको सन्दर्भमा यस्तो भ्रमण हुन लागेको हो । 

इजरायल प्रस्थान गर्नुअघि जोन बोल्टनले ट्वीट गर्दै “अमेरिका र इजरायलबीचको द्विपक्षीय सरोकारका विषयका साथै राष्ट्रिय सुरक्षाका विविध विषयहरुमा प्रधानमन्त्री नेतान्याहू र अरु पदाधिकारीसँग छलफल गर्दैछु” भनेका छन् । 

बोल्टनले यसपछि युक्रेन र जेनेभाको पनि यात्रा गर्ने छन् जहाँ उनले रुसी अधिकारी निकोलाई पात्रुशेभसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । ह्वाइट हाउसका अनुसार, जेनेभामा हुने रुसी अधिकारीसँगको भेटमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हेल्सीन्कीमा गत जुलाईमा दुई नेताबीच भएको शिखर वार्ताको समीक्षा हुनेछ । 

इजरायली अधिकारीसँग हुने वार्ताको कार्यसूचीका बारेमा विस्तृत रुपमा केही बताइएको छैन । प्रधानमन्त्री नेतान्याहूसँगको भेट भने सोमबार बिहानका लागि तय गरिएको छ । 

प्रतिकृया दिनुहोस