Thursday, September 20 , 2018| बिहीबार, आश्विन ४, २०७५ |
देशमा भ्रष्टाचारविरोधी अभियान चलाउँछु : इमरान खान
आइतबार, भाद्र ३, २०७५ २२:१८:४९ | Comments

इस्लामवाद १९, अगष्ट । पाकिस्तानको संसदद्धारा प्रधानमन्त्रीमा निर्वाचित र शुक्रवार सपथ खानु भएका इमरान खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, 'मैले विगतदेखि नै पाकिस्तानमा व्याप्त भ्रष्टाचार विरोधी अभियान चलाएको हो र अब देशको नेतृत्व गरेपछि पनि मैले यसलाई थप गति दिनेछु ।' पाकिस्तानी संसदले शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेपछि उहाँले देशमा भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने कुनै पनि मानिसलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

उहाँले पाकिस्तानमा आफूले परिवर्तन ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । पाकिस्तान नयाँ मुस्लिम राष्ट्रका रुपमा स्थापना भएदेखि नै पाकिस्तानी जनताले स्थायीत्व र सुशासनको लागि प्रतिक्षा गरेपछि गएका ७१ वर्षमा त्यो सम्भव नभएको भन्दै आफूले देशवासीको परिवर्तनको चाहनालाई पूरा गर्ने बताउनुभयो । 

उहाँले आफू राजनीतिक परिवारको सदस्य नभएको स्पष्टगर्दै भन्नुभयो,'न मैले र नत मेरा बुबा या परिवारका अरु कुनै सदस्यले राजनीति गरेका थिए तर मैले भने पाकिस्तानमा निरन्तर २२ वर्षदेखि राजनीतिमा सक्रिय भएर जनताको सामु केही बाचा गरेको छु ।' 

जनतासमक्ष गरेका यिनै बाचाहरुले नै आफूलाई पाकिस्तानी नागरिकले सत्तामा पु¥याएका हुन् भन्दै अब उनीहरुका लागि र देशका लागि पनि मैले केही गर्छु भनेर लागेको छु, उहाँले भन्नुभयो । पाकिस्तानमा अहिले भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ भन्दै यसका कारण जनतामा निराशा छाएको र देशको आर्थिक अवस्था पनि झन कमजोर हुदै गएकोले आफूले भ्रष्टाचार विरोधी अभियानमा लाग्ने निधो गरेको उहाँले बताउनुभयो । 

आफ्नो यही बाचाका कारण नै पाकिस्तानी नागरिकले आफूलाई मत दिएर जिताएको र देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि दिलाएको जानकारी दिनुभयो । राजनीतिक परिवारबाट नआएका पूर्व क्रिकेटर खानको नेतृत्वलाई पाकिस्तानमा नयाँ आशाका रुपमा लिइएको छ । 

प्रतिकृया दिनुहोस