Wednesday, August 22 , 2018| बुधबार, भाद्र ६, २०७५ |
कमल हसन राजनीतिमा आउने तयारी गर्दै
शुक्रबार, साउन २५, २०७५ २२:३८:०३ | Comments

मुम्बइ, २४ साउन । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गरेका छन् । 

झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० वटा फिल्ममा काम गरेका छन्। उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ । फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन् । 

'यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,' उनले तमिलनाडुमा भने । थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ । 

झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० वटा फिल्ममा काम गरेका छन्। उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ । फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन् । 

हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ । यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ । हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताएका छन् । 

मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु, उनले भने । हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गीत गाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस