Wednesday, August 22 , 2018| बुधबार, भाद्र ६, २०७५ |
वैदेशिक रोजगार व्यवसायमा संकटको अवस्था
बिहीबार, साउन १७, २०७५ २२:२४:३३ | Comments

-श्यामचन्द्र खतिवडा

देश गृहयुद्दको चरम चपेटामा फसेको समयमा समेत बेरोजगार यूवालाई विदेशमा रोजगारको सहजीकरण गरि अमुल्य योगदान पु-याएर अर्थतन्त्रलाइ थेगेको वैदेशिक रोजगार व्यवसाय विगत केही समयदेखि भने विभिन्न कारणले गर्दा चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । विश्व बजारमा आएको आर्थिक मन्दी, तेलको भाउमा आएको गिरावट, खाडी मुलुकहरुको आपसी तनाव र देशभित्रै पनि केहि गलत नीति, सिण्डीकेटको उदय, गलत व्यक्ति र समुहको प्रवेश, जथा भावी रुपमा दिइएको इजाजत आदि नै अहिलेको संकटको कारक हो भन्दा फरक नपर्ला ।

जो बदनाम त्यही मालामाल
बैदेशिक रोजगार व्यवसायमा यस्ता कैयौ पात्र तथा कम्पनी छन् जो बदनाम भएर पनि मालामाल छन । केहि बर्ष अगाडि विभागले पहिला ४७ र केहि समयपछि १८ एजेन्सीहरुलाइ नक्कली मागपत्रको आधारमा समातेर कारवाही गरको थियो तर केहि समयपछि ठुलै चलखेल गरेर अदालतबाट मुद्दा जितेर अधिकांश तिनैले फेरि हाली मुहाली गरिरहेका छन नै केही नवप्रवेशहिरुले पनि निकै छोटो समयमा अकुत सम्पति थुपारेका छन ।

अधिकांश यी तिनै हुन जसका नाममा विभागमा चाङ्गकाचाङ्ग उजुरी छन् । कतिसम्म भने कुनै बेला इराक र अफगानिस्तान अवैध रुपमा कामदार पठाएर होस या अवैध रुपमा घरेलु कामदार पठाएर होस या अवैध रुपमा रकम उठाएर होस करौडौ ठगीका आरोपमा विगागले कार्यालयका व्यवस्थापक (संचालक गायब भएर) देखि कम्प्युटर सम्म उठाएर कारवाहीमा परेकाहरु मध्य बाट नै केहि आज उत्कृष्ट २०–३० एजेन्सीमा दरिएर बसेका छन् । यी कुराहरुको प्रमाणीकरणका लागि अन्त कतै जानुपर्दैन, तिनै ४-१८ लगायतउच्च २०-३० वटाको नाम, उच्च उजुरी परेका २०-३० वटा एजेन्सीहरु तिनीहरुको आजको र हिजोको अवस्था र तीनका संचालकको सम्पत्तिको लेखाजोखा र मुल्यांकन गरे सम्पुर्ण तथ्य बाहिर आउनेछ ।

तर विडम्वना केही उत्कृष्ठ मन्त्री मध्यमा गनिएका माननीय मन्त्री गोकर्ण विष्ट यिनै बदनाम तथा नव धनाढ्यहरुको प्रभाव र सल्लाहमा धरोटी बढाउने नाममा सोझा साझा तथा इमान्दार व्यवसायीमाथि डण्डा बर्साउन तयार भएका भान हुन थालेको छ । यदि उनले घोषण गरको धरौटी रकम हुवहु लागू भएमा धरै व्यवसायी त पतन हुने नै छन साथ साथै व्यवसाय नै गलत हातमा पुगेपछि यसले सम्पूर्ण अर्थतन्त्रलाइ नै तहस नहस नपार्ला भन्न सकिन्न । 

यस सन्दर्भमा मलेशियाको सिण्डीकेटबाट पाठ सिक्नु पर्ने हो जहाँ केहि सीमितको हातमा प्रकृया पुग्दा हाल रोजगारी तथा अवसर नै बन्द गरेर बस्नु परेको छ ।  नारा सर्वहाराका लागि काम पुजीपति पोस्ने हुन लागेको त छैन ? बर्तमान सरकार सर्बहाराका लागि भनेर चुनिएर आएको पार्टीको भन्ने कुराको छनक यातायात, प्रशासन तथा निर्माण सम्वन्धी काममा देखाएको कार्यले दर्शाउने बाटोमा थियो ।

कतिसम्म भने कुनै बेला इराक र अफगानिस्तान अवैध रुपमा कामदार पठाएर होस या अवैध रुपमा घरेलु कामदार पठाएर होस या अवैध रुपमा रकम उठाएर होस करौडौ ठगीका आरोपमा विगागले कार्यालयका व्यवस्थापक (संचालक गायब भएर) देखि कम्प्युटर सम्म उठाएर कारवाहीमा परेकाहरु मध्य बाट नै केहि आज उत्कृष्ट २०–३० एजेन्सीमा दरिएर बसेका छन् । यी कुराहरुको प्रमाणीकरणका लागि अन्त कतै जानुपर्दैन, तिनै ४७ १८ लगायतउच्च २०-३० वटाको नाम, उच्च उजुरी परेका २०-३० वटा एजेन्सीहरु तिनीहरुको आजको र हिजोको अवस्था र तीनका संचालकको सम्पत्तिको लेखाजोखा र मुल्यांकन गरे सम्पुर्ण तथ्य बाहिर आउनेछ ।

जव बैदैशिक रोजगारको क्षेत्रमा पनि सिन्डीकेटहरुप्रति कडा व्यवहार देखाइयो तव अब केहि हुन्छ भन्ने आशा पलाउनु स्वभाविक थियो । तर जव मलेशियालाइ मात्र तारो बनाएर गाम्का नेपाललाई छाडियो विस्तारै केहि गडबडिको गन्ध आउन थाल्यो । किनकी गामका नेपाल अन्र्तगत सञ्चालित अधिकांश मेडिकल संस्थामा यिनै पुराना या बरिष्ठ या नव धनाढ्यहरुको लगानी छ ।

यो गडबढी यतिखेर सहि सावित हुने डर हुँदैछ किनकी केहि सीमित र ठूला भनिएका व्यवसायीको सल्लाह र सुझावमा तथा केहि स्वघोषित विद्धानहरुको कान फुकाइमा इमान्दार तर साना र मझौला व्यवसायीलाई पाखा लगाइ तथा तिनमा आश्रीत कर्मचारी तथा अन्यलाइविस्थापित गर्ने गरि अत्याधिक रुपमा धरौटी बढाउने घोषण गएिको छ । जुन अनुपातमा धरौटी बढाउने घोषणा गरिएको छ त्यो भनेको सिधै दलाल पूँजीपति र नव धनाढयहरुलाई यो व्यवशायमा हाली मुहाली गराउनु हो किनकी यो व्यवसायमा इमान्दारीपुर्वक र हालको सरकारी नियममा रहेर कसैले २० औ बर्षमा पनि त्यति रकम कमाउन सक्दैन । अब यसलाई साधारण व्यवसायी र तिनमा आश्रीत कर्मचारी, मेडिकल, ओरिएन्टेशनजस्ता संस्थाले पूँजीपति पोशाइ नभनेर कसरी बुझने ? 

अवको बाटो के त ?
कुनै पनि व्यवसाय समय र परिस्थिति अनुसार परिवर्तन हुनै पर्दछ र व्यवसायी पनि सोहि अनुशार परिमार्जीत हुन तयार रहनुपर्दछ । बैदेशिक रोजगार व्यवसाय त झन अति सम्वेदनशील बिषय भएकोले यस बिषयलाई समयानुकुल र रााष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति बमोजम परिमार्जित हुनु अति जरुरी छ । त्यसैले व्यवशायीले पनि आफु अनुकूल मात्रै हुनुपर्छ भन्नु कदापी सहि हुँदैन ।

सरकारले पनि मैले भनेकै मात्रै ठीक भन्ने सोचाइ समेत राख्नु हुदैन । अहिले पेश हुन लागेको विधेयक अझै व्यवसाय पनि पेश नभएको अवस्थामा यो गल्तीलाइ सच्याउने र सहि बाटोमा लाने मौका छ । तसर्थ निम्नानुशार गर्नु सवै पक्षलाइ उचित हुन सक्दछ । संख्या व्यवस्थापनः यो सहि हो कि हाल भएका १२ सय हाराहारी एजेन्सी अति नै धेरै हो । यसलाई २ सय ५० देखि ३ सयको हाराहारीमा झार्ने उत्तम उपाय भनेको अनिवार्य समायोजन या खरिदमा जानु नै हो । हरेक ४ या ५ वटा एजेन्सीलाइ एउटा बनाउन निर्देशन दिने उपाय नै भरपर्दो विकल्प हुन सक्छ ।

सरकारले पनि मैले भनेकै मात्रै ठीक भन्ने सोचाइ समेत राख्नु हुदैन । अहिले पेश हुन लागेको विधेयक अझै व्यवसायपनि पेश नभएको अवस्थामा यो गल्तीलाइ सच्याउने र सहि बाटोमा लाने मौका छ । तसर्थ निम्नानुशार गर्नु सवै पक्षलाइ उचीत हुन सक्दछ । संख्या व्यवस्थापनः यो सहि होकि हाल भएका १२ सय हाराहारी एजेन्सी अति नै धेरै हो । यसलाई २ सय ५० देखि ३ सयको हाराहारीमा झार्ने उत्तम उपाय भनेको अनिवार्य समायोजन या खरिदमा जानु नै हो । हरेक ४ या ५ वटा एजेन्सीलाइ एउटा बनाउन निर्देशन दिने उपाय नै भरपर्दो विकल्प हुन सक्छ ।

कुनै व्यवसायी मर्जरमा नगइ एकल चलाउछ भने पनि उस्ले अरु कुनै ३ या ४ वटा लाइ खरिद गर्नै पर्ने बाध्यकारी नियम बनाउन डराउनु हुदैन । यसले गर्दा संख्या व्यवस्थापन सजिलै हुने तथा व्यवशायाी पनि सवल र सक्षम हुनेछन ।

धरौटी व्यवस्थापन:

माथि भनिए अनुसार संख्या समायोजन गर्दा ४ एजेन्सीको धरौटी एकै ठाउमा जम्मा हुने हुँदा धरौटी रकम समेत स्वत वढन गइ धरौटी व्यवस्थापन समेत सहज हुन सक्ने छ । त्यति धरौटीले नपुग्नेृ अवस्था आएमा केहि रकम थप गर्न लगाउन सकिन्छ । यसका साथै धरौटी सम्वन्धमा निम्न गर्न सकिएमा सजिलो हुनेछ ।

हाल रहेका संस्थाहरुको हकमा:

 नगद धरौटी १ करोड (अव नविकरण गर्दा १.५ बनाउन सकिने)
बैकग्यारेन्टी : १.५ करोड

नया दर्ता हुन चाहने संस्थाहरुका हकमाः

नगद धरौटी १.५ करोड
बैक ग्यारेन्टीः १.५ करोड
नगद धरौटी सरकारी खातामा नराखेर बैकमा राख्ने तथा सो धरौटीको प्रमाणीकरण बैकले गर्ने व्यवस्था गर्दा ठुलो रकम अनुत्पादक रुपमा नरहने हुदा सवै पक्षलाइ फाइदा हुने ।

नया दर्ता नियन्त्रण तथा व्यवस्थापनः  कुनै पनि नागरिकले सरकारी  नियमानुशार व्यवशाय गर्न पाउनु उसको अधिकार हो । तसर्थ नयाँ दर्तालाई बन्द गर्नु भन्दा पनि नियण्त्रण गर्ने उपाय अवलम्वन गर्न सकिन्छ । जसमध्ये दर्ता तथा इजाजत अनुमति ६ महिना या १ बर्षलाइ परिक्षणकालको को रुपमा दिने तथा परिक्षण अवधिमा निश्चित संख्यामा कामदार विदेश पठाएको हुनु पर्ने तथा कुनै पनि उजुरी या दावी आउनु नहुने र आएमा इजाजत रद्द या नविकरण नगर्ने । यसो गर्दा नयाँ व्यवशायी पनि सहि कम्पनीमा मात्र कामदार पठाउने र जिम्मेवार हुने छन ।

 सेवा शुल्क व्यवस्थापनः कुनै रोजगारदाताले सेवा शुल्क नदिएमा अथवा कम दिने भएमा कामदारबाट १ महिना बराबरको तलव अथवा २५ हजार मध्ये जुन धेरै हुन आउछ सो लिन पाउने व्यवस्था लागु गर्ने । 

रोजगारदाताले सेवा शुल्क दिने या नदिने भन्ने प्रमाणीकरणका लागि रोजगार दाता र एजेन्सी विचमा भएको सँझौताको प्रतिलिपि अनिवार्य पेश गर्नु पर्ने नियम लागु गर्ने । यी बाहेक स्वदेशमागरिने अन्यखर्च जस्तै ओरिएन्टेशन, मेडिकल र विमा खर्च यदि रोजगार दाताले नव्यहोरेमा कामदारले व्यहोर्ने । 

टिकट व्यवस्थापन: यदि कुनै कामदारको आधार तलव मासिक ३५ हजार भन्दा कम छ भने उसको टिकट खर्च रोजगार दाताले अनिवाई व्यहोर्ने तर ३५हजार  भन्दा बढिको तलवमा यदि रोजगार दाताले टिकट नदिएमा कामदार स्वयमले किनेर जान सक्ने गर्न सकिन्छ। यस नियमलाइ हरेक २ वर्षमा परिमार्जन गर्नैपर्ने हुन्छ । 

कामदारको वास्तविक तलव थाहा पाउन, सरकारले हरेक रोजगारदाता मुलकसंग समन्वय गरेर न्युनतम तलव तोक्ने र तोके भन्दा कम तलवमा कामदार पठाइएको पाइएमा पठाउने एजेन्सी र रोजगारदाता कम्पनीलाइ कालो सुचीमा राखि कडाइका साथ कारवाही गर्ने ।

अन्त्यमा, बैदेशिक रोजगार एक निरन्तर चलिरहने परिघटना हो । यसलाइ स्वदेशमै रोजगारीको श्रृजना गरेर न्युनीकरण गर्न सकिएला तर बन्दनै गर्न सकिदैन । आज भन्दा पहिला ९९ प्रतिशत अदक्ष कामदार जाने गरेकामा अहिले धरै अर्धदक्ष कामदार र निकटमा दक्ष हुदै भविष्यमा उच्च दक्ष कामदारहरु जाने छन । पश्चिमा देशका डाक्टर, इन्जिनियर व्यवस्थापकआदिहरु खाडीमा काम गरिहेका त हामीले देखेकै छौ ।

तसर्थ विदेशिने कामदार तथा यस ब्यवसायसंग प्रतक्ष्य र अप्रत्यक्ष रुपमा आवद्द सवै लाइ जिम्मेवार बनाउन तथा यस व्यवशायलाइ गलत हातमा जानबाट रोक्न तथा मर्यादित बनाउन पनि सबै केहि परिमार्जित हुनै पर्छ तथा सबैको सल्लाहलाइ मिलाएर जानुनै आजको अपरिहार्यता हो । 

(लेखक वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ । )

प्रतिकृया दिनुहोस