Wednesday, August 22 , 2018| बुधबार, भाद्र ६, २०७५ |
तामाङ समाज न्यूयोर्कको अध्यक्षमा सानुमाया तामाङ
आइतबार, आषाढ १७, २०७५ ००:२६:३८ | Comments

३० जून, न्यूयोर्क । न्यूयोर्कमा रहेका तामाङहरुको पहिलो अधिवेशनले सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज न्यूयोर्कले नयाँ कार्यसमिति चयन गरेको छ ।

११ सदस्यीय नयाँ कार्य समितिको उपाध्यक्षमा ब्रजेश मोक्तान, सचिवमा बुद्धिमान तामाङ, सहसचिवमा विनिता तामाङ, कोषाध्यक्षमा फुरु तामाङ र सह कोषाध्यक्षमा सुनिता घिसिङ चयन भएका छन् ।

यस्तै, कार्य समितिको सदस्यहरुमा पुनम थिङ, रेनु वाइवा, छयोइसाङ तामाङ, विष्णुमाया तामाङ र भक्त तामाङ छन् । नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले नेपाली बुलेटिनसँग कुराकानी गर्दै अमेरिकामा रहेका तामाङहरुको भाषा, धर्म, संस्कार, संस्कृतिलगायत विविध विषयमा दीर्घकालिन योजना बनाएर कार्यक्रम गरिने बताइन । 


 

प्रतिकृया दिनुहोस