Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
कास्की घेदुङको भवन निर्माणको लागि टिएसएका पूर्व महासचिव तामाङद्धारा एक लाख रुपैयाँ सहयोग हस्तान्तरण
शुक्रबार, जेठ ११, २०७५ ०४:०७:०४ | Comments

पोखरा ९ जेठ । नेपाल तामाङ घेदुङ कास्कीको भवन निर्माणको लागि  तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व महासचिव अमर तामाङले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् । 

सोमबार पोखरामा घेदुङले आयोजना गरेको कार्यक्रममा टिएसएका पूर्व महासचिव तामाङले जिल्ला अध्यक्ष कृष्ण बहादुर तितुङलाई प्रदान गरे । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै तामाङले नेपाल तामाङ घेदुङ कास्कीले तामाङ भाषा, संस्कार संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोले संसारभर छरिएर रहेका तामाङले गर्व गर्ने वातावरण बनाएको कुरा उल्लेख गरे । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरामा तामाङ घेदुङले जग्गा खरिद गरि अस्थायी भवन स्थापना गरेर पक्की भवन निर्माणाधीन अवस्था रहेको प्रति उनले खुशी व्यक्त गरे ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ, नेपाल तामाङ घेदुङका सचिवालय सदस्य एवम् प्रदेश नं।(४ का अध्यक्ष दिपक वाईबा , नेपाल तामाङ घेदुङ , केन्द्रीय सदस्य हरिमान तामाङ, नेताघेका पूर्व केन्द्रीय सल्लाहकार प्रतापबहादुर वाईबाको विशेष उपस्थिति रहेको थियो । कास्की घेदुङले सहयोग दाता अमर तामाङलाई संस्थागत रुपमा स्वागतसहित विशेष धन्यवाद प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस