Tuesday, August 21 , 2018| मंगलबार, भाद्र ५, २०७५ |
'नेपाल डे परेड'मा देखिएको विवाद समाधान, आगामी मे २० तारिख भव्यताकासाथ मनाईने
बुधबार, बैशाख १९, २०७५ २१:०१:५४ | Comments

२ मे २०१८ न्युयोर्क। न्युयोर्कमा हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा मनाइदै आएको 'नेपाल डे परेड' सम्बन्धी यस पटक देखिएको विवाद आपसी वार्ताबाट समाधान गर्दै भव्यताकासाथ मनाउने भएको छ । 

नेपाली महाबाणिज्यदुतवास न्युयोर्कमा मंगलबार सम्पन्न डायस्पोराका संयुक्त बैठकले बुँदागत सहमति गर्दै नेपाल डे परेडलाई नेपालीहरुको शान र पहिचानलाई एकीकृत ढंगले निरन्तरता दिने सर्वसहमत निर्णय बैठकले गरेको छ । नेपाली महाबाणिज्यदुतवासको अगुवाइमा भएको बैठकले नेपाल डे परेड, इंकले हरेक वर्षको नेपाल डे परेड कार्यक्रम न्युयोर्कमा आयोजना गर्ने, नेपाल डे परेड, इंक संचालानार्थ तत्कालको लागि १५ सदस्यीय तदर्थ समिति गठन गरिएको र आवश्यकता अनुसार समिति विस्तार गरिने समेत जनाएको छ । तदर्थ समितिले संस्थाको विधान बनाउने र साधारण सभा मार्फत शिघ्र भविष्यमा कार्य समिति निर्माण गर्ने र तत्कालको लागि तदर्थ समितिको संयोजन फिप्नाले गर्ने निर्णय गरेको छ ।

नेपाल डे परेड, इंक मा डायस्पोराका विभिन्न स्थानीय संस्थाहरुका प्रतिनिधिहरु रहने, रिजवुड नेपाली समाजका अध्यक्ष रविकिरण कोइरालाको नेतृत्वमा गठन गरिएको नेपाल डे परेड २०१८ को स्टेरिङ कमिटीलाई निरन्तरता दिदै आवश्यकता अनुसार स्टेरिङ कमिटी विस्तार गरिने संयुक्त वैठकले निर्णय गरेको छ । 

नेपाली महाबाणिज्यदुतवासको अगुवाइमा भएको बैठकले नेपाल डे परेड, इंकले हरेक वर्षको नेपाल डे परेड कार्यक्रम न्युयोर्कमा आयोजना गर्ने, नेपाल डे परेड, इंक संचालानार्थ तत्कालको लागि १५ सदस्यीय तदर्थ समिति गठन गरिएको र आवश्यकता अनुसार समिति विस्तार गरिने समेत जनाएको छ । तदर्थ समितिले संस्थाको विधान बनाउने र साधारण सभा मार्फत शिघ्र भविष्यमा कार्य समिति निर्माण गर्ने र तत्कालको लागि तदर्थ समितिको संयोजन फिप्नाले गर्ने निर्णय गरेको छ ।

यस्तै, फिप्नासँग सम्बन्धित नेपाल डे परेड २०१६ र २०१७ कार्यक्रमको सम्पूर्ण आर्थिक कागजपत्र फिप्नालाई हस्तान्तरण गरिने र फिप्नाको निवर्तमान अध्यक्ष र उपाध्यक्षलाई गरिएको अन्तरिक कारबाही तथा न्युयोर्क शहर र राज्यका विभिन्न निकायमा गरिएको उजुरी र मुद्दाहरु फिप्नाले तुरन्तै फिर्ता गर्ने र मे २०, २०१८ मा न्यूयोर्कको म्यानहेटनमा भव्यताकासाथ नेपाल डे परेड मनाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस