Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
अझै केही दिन पानी पर्न सक्ने जल तथा मौसम विभागको भनाई
बुधबार, चैत्र २१, २०७४ ००:००:०० | Comments

काठमाडौँ, २१ चैत । काठमाडौ उपत्यका लागायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन मौसममा बदली भई पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ । 

उच्च बायु मण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मेघ गर्जन पानी परेको र यो अवस्था अझै केही दिन रहनसक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । 

मौसमविद् श्रेष्ठका अनुसार भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुन्द्रीक चक्रवात कमजोर भएसँगै यसको प्रभाव न्यून हुदै गएको र हाल  देशको पश्चिमी हिमाली क्षेत्रमा बदली भइररहेको छ ।  सामान्यता मार्च, अप्रिल र मे महिना प्री–मनसुनको समय भएकाले यो समयमा मौसम बदली भई देशका विभिन्न भागमा पानी पर्ने गरेको छ ।

विभागका अनुसार बुधबार पनि सुदुरपश्चिमदेखि पुर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित र पानी परेको छ । यो तीन दिनको अवधिमा सबैभन्दा बढी पानी गत सोमबार परेको थियो । सोमबार सवैभन्दा बढि ५१ एमएम पानी परेको मौसमविद् श्रेष्ठले बताए । 

उनका अनुसार शनिबारबाट मौसम सफा हुनेछ ।  

प्रतिकृया दिनुहोस