Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी
सोमबार, चैत्र ५, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, ५ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । 

मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको पनि स्पष्ट पारे । 
उनले कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा पनि खोस्ने बताए । 

मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरुले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले  मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न पनि कर्मचारीहरुलाई सचेत गराए । 

 मन्त्री पण्डितले निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए । 
मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निशेष गर्ने घोषणा पनि गरे । 
उनले  कर्मचारी संगठनहरुको दवावमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता पनि व्यक्त गरे । 
 मन्त्री पण्डितले नीति निर्माणका बेला कर्मचारी संगठनहरुबाट आवश्यक सुझाव लिने काम सरकारले गर्ने योजना पनि सुनाए । 

प्रतिकृया दिनुहोस