Tuesday, August 21 , 2018| मंगलबार, भाद्र ५, २०७५ |
राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछुः अध्यक्ष
शुक्रबार, चैत्र २, २०७४ २०:०८:५८ | Comments

काठमाडौँ, २ चैत । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रियसभाको शुक्रवारको दोस्रो बैठकमा उनले भने, 'मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्् । मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर अघि बढ्नेछाँै ।'
बौद्धिक समुदायको प्रतिनिधित्व रहने सदनका रुपमा रहेको राष्ट्रियसभाको अपरिहार्यतालाई प्रमाणित गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै तिमिल्सिनाले आफू सबै राजनीतिक दलको सहमति र समर्थनमा निर्वाचित भएकामा सबैप्रति धन्यवाद ज्ञापन गरे । 

प्रतिकृया दिनुहोस