Wednesday, August 22 , 2018| बुधबार, भाद्र ६, २०७५ |
गणेश लामा हतियारसहित पक्राउ
बुधबार, फाल्गुण ३०, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, फागुन ३० । गुण्डा नाइके गणेश लामा काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् । 

गौशालामा रहेको होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई हतियारसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीसँग पेस्तोल र ६ राउण्ड गोली बरामद भएको छ ।

के कारणले गोली चलेको भन्ने अझै खुलेको छैन ।

महानगरीय प्रहरी परिसरका काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार गोलीको आवाज आएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा लामासँग पेस्तोल र ६ राउण्ड गोलीका साथै खोका पनि फेला परेको छ ।

अहिले उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

लामा पशुपति भिजनमा होटलमा रहेको जिमखानामा साँझ जाने गरेका थिए  ।

विजय गच्छदारको निकट रहेका लामा हाल नेपाली काँग्रेससँग आबद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस