Tuesday, December 18 , 2018| मंगलबार, पौष ३, २०७५ |
प्योङयाङसँग वार्ताका लागि थप शर्त राख्नु हुँदैन : अमेरिकी गुप्तचर अधिकारी
मंगलबार, फाल्गुण २९, २०७४ १९:४९:०४ | Comments

न्यूयोर्क १३ मार्च २०१८। अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उनले वार्ताका लागि उत्तर कोरियालाई थप नयाँ शर्त तेर्साउनु नहुने बताएका छन् । 

उनले वार्तामा रहेका जोखिमप्रति राष्ट्रपति ट्रम्प अनभिज्ञ नरहेको बताए । अमेरिकी फक्स समाचार संस्थासँग आइतबार कुरा गर्दै उनले भने, ‘वार्ता नाटकका लागि नभई’ समस्या समाधान गर्न गरिन लागेको पोम्पेओको दावी छ । 

पोम्पेओले भने, राष्ट्रपति ट्रम्पले शिखर बैठकले ‘विश्वका लागि महान सम्झौता’ दिलाउन सक्नुहुनेछ । तर आलोचकहरूले चाँहि वार्ता ठिक ढंगले अघि नबढे दुई देशहरू पहिले भन्दा झन खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस