Tuesday, December 18 , 2018| मंगलबार, पौष ३, २०७५ |
उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छः राष्ट्रपति ट्रम्प
मंगलबार, फाल्गुण २९, २०७४ १९:४४:४९ | Comments

न्यूयोर्क, १३ मार्च, २०१८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्ने बताएका छन् । 

राष्ट्रपति ट्रम्पले आइतबार यस्तो धारणा राखेका हुन् । उनले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको कारण आफूले वार्तामा बस्न सहमति जनाएको पनि बताए । उनले भने,  'वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुने सम्भावना अत्यधिक रहेको छ ।'

उनले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको कारण आफूले वार्तामा बस्न सहमति जनाएको पनि बताए । उनले भने,  'वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुने सम्भावना अत्यधिक रहेको छ ।'

उनले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साही रहेको शनिबार मात्र बताएका थिए । उनले शनिबार यस वार्तालाई विश्वले नै बडो चासोका साथ हेर्ने पनि दाबी गरेका थिए । यही वार्ताकै लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग पनि कुराकानी गरेको र उनीहरुको पनि समर्थन र सहयोग रहेको खुलासा उनले गरेका थिए । 

'मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ– उनले भने । समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ । 

वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेको पनि बताइएको छ । 

प्रतिकृया दिनुहोस