Thursday, September 20 , 2018| बिहीबार, आश्विन ४, २०७५ |
महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय
शुक्रबार, फाल्गुण २५, २०७४ २१:२५:२४ | Comments

काठमाडौँ, २५ फागुन । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुख पदका लागि नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ । 

संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता हुँदैछ । 
 

प्रतिकृया दिनुहोस