Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
वार्तागर्न उत्तर कोरिया र अमेरिकालाई चीनको आग्रह
शुक्रबार, फाल्गुण २५, २०७४ ०८:०८:२९ | Comments

बेइजिङ, २४ फागुन । चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गरेका छन् । 

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आग्रह गरेको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुने बताए । 

विदेशमन्त्री यिले यसअघि पनि यी दुई देशलाई जतिसक्दो चाँडै वार्तागर्न आग्रह गर्दै आएका थिए । उनले उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका थिए । 

दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ । त्यसैले उनकोको यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिकृया दिनुहोस