Tuesday, December 18 , 2018| मंगलबार, पौष ३, २०७५ |
महिला शिक्षित नभए समाज परिवर्तन नहुने
बिहीबार, फाल्गुण २४, २०७४ १८:१६:३६ | Comments

काठमाडौँ, २४ फागुन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताएकी छन् । 

त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले राज्यले महिला शिक्षामा जोड दिनुपर्ने बताए । 'हामी चेतनशील भएमात्र समाज परिवर्तन गर्न सक्छौँ,'– उनले भने । उनले महिला पुरुष मिलेर बस्नु राम्रो हुने भन्दै यदि बस्न नसके सम्बन्धविच्छेद गरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए । महिला अधिकारकर्मीले विभिन्न कारणले पीडित भएका महिलालाई आर्थिक सहयोग गरेर माथि उठाउनुपर्ने उनको भनाइ थियो । 

'हामी चेतनशील भएमात्र समाज परिवर्तन गर्न सक्छौँ,'– उनले भने । उनले महिला पुरुष मिलेर बस्नु राम्रो हुने भन्दै यदि बस्न नसके सम्बन्धविच्छेद गरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए । महिला अधिकारकर्मीले विभिन्न कारणले पीडित भएका महिलालाई आर्थिक सहयोग गरेर माथि उठाउनुपर्ने उनको भनाइ थियो । 

त्रिवि गृहविज्ञान केन्द्रीय विभागका प्रमुख मनसा थापा ठकुराठीले महिला दिवस एक दिनमात्र मनाएर नहुने भन्दै सकारात्मक परिवर्तनका लागि वर्षभरि नै प्रयास गर्नुपर्नेमा जोड दिए । समान अधिकारका लागि महिला नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो । गृह विज्ञान केन्द्रीय विभागका प्रा डा निर्मला उप्रेतीले समाजमा विभिन्न खालका चुनौती भएकाले त्यसलाई चिर्दै सरकारको आश नगरी व्यक्ति स्वयं आफैँले सक्रियता देखाउनुपर्ने बताइन । 

समान ज्याला, समान अधिकार, कामको निश्चित समय, काम गर्ने वातावरणको माग राख्दै अघि बढेको विश्व महिला मुक्ति आन्दोलन मार्च ८ अर्थात् आजका दिन १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा विश्वभर मनाइँदैछ । 

प्रतिकृया दिनुहोस