Tuesday, August 21 , 2018| मंगलबार, भाद्र ५, २०७५ |
बेइजिङद्वारा गत वर्ष २९ करोड ७० लाख पर्यटकको स्वागत
बिहीबार, फाल्गुण २४, २०७४ १९:०७:२६ | Comments

बेइजिङ, २४ फागुन । बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४।३ प्रतिशतले बढी हो । यस पर्यटन व्यवसायबाट ५४६।९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन् । यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय आर्जनलाई बढाउने बेइजिङको उद्देश्य रहेको बताइएको छ । 

साथै यस वर्ष १४४ घण्टाको प्रवेशआज्ञालाई बढावा दिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस