Wednesday, August 22 , 2018| बुधबार, भाद्र ६, २०७५ |
देश समुन्नत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ:मुख्यमन्त्री राई
बुधबार, फाल्गुण २३, २०७४ २१:२८:०० | Comments

इटहरी, २३ फागुन । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । 

इटहरीमा क्यान सुनसरीले आयोजना गरेको प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ को बुधवार उद्घाटन गर्दै उनले विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले धनी र सम्पन्न भई भौतिक सुख एवं आर्थिक उन्नतिको शिखरमा पुगिसकेकाले अब हामीले पनि देश समुन्नत बनाउन सूचना प्रविधिको अधिकतम उपयोगमा तयार रहनुपर्ने बताए ।

 

पाँच दिनसम्म चल्ने सूचना प्रविधि प्रादेशिक महोत्सवमा एकसयभन्दा बढी सूचना प्रविधिसम्बन्धी यन्त्र उपकरण एवं सूचना प्रविधिहरुका स्टलहरु राखिएका छन् । यसैगरी नेपाल यातायात मजदुर सङ्गठन कोशीले आजै मुख्य मन्त्री राई, सभामुख प्रदिप भण्डारीलाई सम्मान गरेको छ । 

सो अवसरमा मन्त्री राईले यातायात क्षेत्रमा देखिएका समस्याप्रति प्रदेश सरकार सचेतनापूर्वक काम गर्न कहिल्यै पछि नपर्ने विश्वास दिलाए । बुधवारै मुख्यमन्त्री राई र आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विराटनगरस्थित १ नं प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । 

कार्यालयको निरीक्षण गर्दै उनीहरुले सुरक्षा व्यवस्था मजबूत बनाएर समाजमा शान्ति कायम राख्नका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिए 

प्रतिकृया दिनुहोस