Thursday, September 20 , 2018| बिहीबार, आश्विन ४, २०७५ |
पर्यटन गन्तव्यको सदुपयोगमा जोड
शुक्रबार, फाल्गुण ११, २०७४ २१:३४:०२ | Comments

काठमाडौँ, ११ फागुन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालमा पर्यटनका गन्तव्यलाई सदुपयोग गर्दै धेरै पर्यटक भित्र्याउनुपर्ने बताएका छन् । 
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाअधिवेशनको शुक्रवार  उद्घाटन गर्दै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पोखरेलले अब सरकारको ध्यान पर्यटन विकासमा जाने स्पष्ट पारे । 

कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन व्यवसायमा देखिएका समस्या निराकरण गरी अघि बढ्नुपर्ने बताए । संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन व्यवसाय फस्टाउनका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने माग गरे । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस