Friday, May 25 , 2018| शुक्रबार, जेठ ११, २०७५ |
कलंकीमा नागरिक प्रहरी अन्तरक्रिया सम्पन्न
मंगलबार, फाल्गुण १, २०७४ ००:००:०० | Comments


काठमाडौं, १ फाल्गुण । महानगरिय प्रहरी वृत कालीमाटीको आयोजनामा कोजी फुड ल्याण्डको सभा हलस्थित नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
महानगरिय प्रहरी वृत कालीमाटीका प्रहरी प्रमुख नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री, कलंकी ट्राफिक निरिक्षक विमल थापा, नवज्योति युवा क्लबका अध्यक्ष रमेश रायमाझी र काठमाडौं १४ नं. वडाका अध्यक्ष शोभा सापकोटा लगायतका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवी र स्थानीय नागरिक लगायतकोे सहभागितामा नागरिक प्रहरी आन्तरक्रिया गरिएको छ । 


उक्त कार्यक्रममा प्रहरी कार्य, शान्ति सुरक्षा तथा अपराध रोकथाम सम्बन्धी बिषय वस्तुहरुमा उपस्थित स्थानीय बुद्धिजीवी तथा संघ संस्थाका पदाधिकारी एंव सहभागी सर्बसाधारणहरुले आ–आफना जिज्ञाशा राय सुझाव समेत व्यक्त गरेका थिए । प्रहरी प्रमुख नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री र ट्राफिक प्रहरी निरिक्षक विमल थापाले  जिज्ञाशाहरुको प्रति उत्तर एंव छलफल भएका बिषयहरुमा शान्ति, सुरक्षित र सभ्य तथा समुन्नत समाजको लागि कानुनले निद्धिष्ट गरे बमोजिम नागरिक समेतसँग समुचित समन्वय र सहकार्य गरि काडाई पुर्वक कानुनको पालना समेत गर्ने गराउने, जनचेतना अभिवृद्धि गरिने लगायतका विषयमा विशेष अन्तरक्रिया गरिएको थियो ।
काठमाडौं १४ नं. वडाका अध्यक्ष शोभा सापकोटाले आफू जनताको सेवाको लागि जनप्रतिनिधि भएर चुनिएर आएको र आफूले सक्दो काम गरेर देखाउने बताईन ।


कार्यक्रम संयोजक एवम स्थानीय समाजसेवी सुरेश रायमाझीले आफूहरु निरन्तर आफ्नो गाउँ, ठाउँ, टोल र समाजलाई सुरक्षित र सभ्य बनाउन लागि परेको बताए । यस्तै अन्तरक्रिया कार्यक्रमहरुलाई आउँदा दिनहरुमा पनि निरन्तरता दिने उनले बताए  ।

प्रतिकृया दिनुहोस