Saturday, February 24 , 2018| शनिबार, फाल्गुण १२, २०७४ |
प्रदेश ३ का मुख्यमन्त्रीले सपथ र पदभार ग्रहणपछि दिए यस्तो निर्देशन
सोमबार, माघ २९, २०७४ ००:००:०० | Comments

 

मकवानपुर, २९ माघ । पहिलो मुख्यमन्त्रीका रुपमा सपथ लिएका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पदभार ग्रहण गरेका छन् । 

मुख्यमन्त्री पौडेलले सोमबार बिहान हेटौडास्थित मुख्यमन्त्रीको कार्यलयमा सपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै पौडेलले आफ्नो प्रमुख कार्ययोजना आर्थिक समृद्धिका  लागि हुने बताए ।

प्रदेश ३ का १३ जिल्लाहरुको फरक फरक विशेषता रहेको उनले बताए । जिल्लाका विशेषताको पहिचान गरि आर्थिक समृद्धिमार्फत पहिलो नम्बरको प्रदेश बनाउने आफ्नो उद्देश्य रहेको पौडेलको भनाई छ । पदभारपछि कर्मचारीलाई उनले आफ्नो जिम्मेवारी इमान्दारिका साथ निर्वाह गर्न निर्देशन दिए । 

बोली भन्दा काममा विश्वास भएकोले आफूले काम गरेर देखाउने पौडेलल दावी गरे । ‘राजनीतिसँगै कर्मचारीको अनुभव भएकोले उत्कृष्ट प्रदेश बनाउन सक्ने हिम्मत बटुलेको छु’ प्रदेश ३ अन्य प्रदेश भन्दा संघीयता

कार्यान्वयनमा अघि भएसँगै आर्थिक समृद्धिमा पनि पहिलो बनाउने अठोट गर्छु’ मुख्यमन्त्री पौडेलले भने ।

प्रतिकृया दिनुहोस