Saturday, February 24 , 2018| शनिबार, फाल्गुण १२, २०७४ |
प्रचण्ड र ओलीबीच  भेटवार्ता
सोमबार, माघ २९, २०७४ ००:००:०० | Comments

 

काठमाडौँ, २९ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान  ‘वान टु वान’ वार्ता भएको छ ।  

ललितपुरको एक घरमा भएको वार्ता बिहान १० बजेदेखि ३ घण्टासमम्म चलेको थियो । वार्ता सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे  भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा केहीदिन अघि देशलाई आवश्यक परे नयाँ फड्को मार्नसक्ने बताएपछि नेपाली राजनीतिमा एक तरंग पैदा भएको थियो । 
चितवनमा बोलिएको सो बिषयपछि एमालेलाई बिषय चाँडो टुङ्याउन दबाब परेको आँकलन गर्न सकिन्छ । 

एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला  माओवादी अध्यक्ष प्रचण्डको उक्त  अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो । 

प्रतिकृया दिनुहोस