Friday, May 25 , 2018| शुक्रबार, जेठ ११, २०७५ |
वैरो तामाङ समाजद्वारा पत्रकार अर्जुन तामाङलाई सम्मान
आइतबार, माघ २८, २०७४ ००:००:०० | Comments

काठमाडौँ, २८ माघ । पत्रकार अर्जुन तामाङ राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

२८५४ औँ सोनाम ल्होछारको अवसरमा नेपाल वैदेशिक रोजगार तामाङ व्यवसायी समाजले राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको हो । राजधानीमा आयोजित ल्होछार सांस्कृतिक कार्यक्रमका अवसरमा तामाङलाई कानुन् न्याय तथा संसदीय मामिलामन्त्री दिलमान पाख्रिनले ताम्रपत्र र नगद प्रदान गर्नुभयो । पुरस्कारको राशी दश हजार रहेको छ ।

समाजले तामाङ सहित साउथ एसियन स्टार गायक आशुसेन लामालाई पनि नगद सहित सम्मान गरेको छ । दोलखाको भिमेश्वर नगरपालिका स्थायी घर भएका तामाङ हाल नागरिक दैनिकमा कार्यरत छन् ।

तामाङले पत्रकारिताको माध्यमबाट तामाङ जातिको भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनमा उल्लेखनिय भूमिका खेलेको भन्दै सम्मान गरिएको समाजले जनाएको छ ।

प्रतिकृया दिनुहोस