Friday, May 25 , 2018| शुक्रबार, जेठ ११, २०७५ |
प्रदेश नम्बर ३ को उपसभामुखमा तामाङ निर्विरोध
आइतबार, माघ २८, २०७४ ००:००:०० | Comments

हेटौँडा, २८ माघ । प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ ।  उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र)  संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गरेकी थिइन्। 

नुवाकोट १ (क) बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ की बासिन्दा हुन् । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख रहेकी थिइन् । 

यसैबीच आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकपूर्व निर्विरोध निर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइने प्रदेशसभा सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले बताए । प्रदेश नं ३, प्रदेशसभामा कूल १ सय १० सदस्य रहेका छन् ।  

प्रतिकृया दिनुहोस