Saturday, February 24 , 2018| शनिबार, फाल्गुण १२, २०७४ |
आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभाको अन्तिम परिणाम
आइतबार, माघ २८, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । 

आयोग पदाधिकारीले आइतबार बिहान राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर नतिजा बुझाएको आयोग प्रवक्ता नवराज ढकालले बताए । 

गत माघ २४ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित भएका थिए । 

जसमा सवैभन्दा बढि एमालेले २७ सिट जितेको थियो भने काँग्रेसले १३, माओवादी केन्द्रले १२ तथा राजपा र संघीय समाजवादी फोरमले दुईदुई सिट जितेका थिए ।

राष्ट्रिय सभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । 

सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गरेपछि राष्ट्रियसभाले पुर्णता पाउनेछ ।  

प्रतिकृया दिनुहोस