Friday, May 25 , 2018| शुक्रबार, जेठ ११, २०७५ |
रुबीभ्यालीमा विद्यालय पुनःनिमार्णको लागि जापानी दूतावासको सहयोग
शनिबार, माघ २७, २०७४ १५:५९:१७ | Comments

धादिङ, २६ माघ । धादिङ जिल्लाको उत्तरीभेगमा अवस्थित रुबीभ्याली गाउँपालिकाको सेर्तुङ गाउँस्थित च्याम्रादेवी विद्यालयलाई जापानी दूतावासले ३ कोठे विद्यालय भवन निर्माण गर्ने भएको छ । २०७२ सालमा आएको  भूकम्पमा क्षतिग्रस्त विद्यालय भवन निर्माणमा जापानी दूताबासले सहयोग गर्नेभएको हो ।

विद्यालय भवन निर्माणका लागि नेपालका लागि जापानी राजदुत मासासी ओगावा र हिड नेपालका अध्यक्ष राकेंश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हिड नेपालका अध्यक्ष राकेंश गुरुङले भुकम्पले तहसनहस पारेको विद्यालय भवन निर्माण गर्न लागेकोमा दुतावासप्रति आभार व्यक्त गरेका थिए ।

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ  तामाङले पर्यटकीय क्षेत्र तथा  रुबीभ्यालीलाई नै राम्रो बनाउन जापानी दूतावासले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।


जापानमा बसोबास गर्दै आएका रुबीभ्याली गाउँपालिकाका विलबहादुर गुरुङ तथा नेपालबाट परियोजनाका संयोजक तथा पर्यटन व्यवसायी कुलबहादुर गुरुङको संयोजकत्वमा विद्यालय भवन निर्माण कार्यका लागि विहिबार हस्ताक्षर भएको हो ।

गुरुङद्वयको संयोजन र सहकार्यमा धादिङ जिल्लाको विकट गाउँमा रहेको च्याम्रादेवी विद्यालय भवन निर्माणमा जापानी दूतावासले सहयोग गर्ने इच्छा देखाएको थियो । तीनकोठे भवन निर्माणमा लगभग ९० लाखको सहयोग जापानी दूतावासले गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस