Wednesday, November 21 , 2018| बुधबार, मंसिर ५, २०७५ |
तीन नम्बर प्रदेशमा वाम गठबन्धनका छ र काँग्रेसका दुईजना विजयी
बिहीबार, माघ २५, २०७४ २१:३८:३२ | Comments

काठमाडौँ, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ३ मा आठ जना निर्वाचित हुनुभएको छ ।  निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिनुभयो । 

उहाँको अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी हुनुभएको छ । 

त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा विजयी हुनुभएको छ । काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी हुनुभयो । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस