Saturday, February 24 , 2018| शनिबार, फाल्गुण १२, २०७४ |
सन्दीप लामिछानेले आइपीएल खेल्ने, दिल्लीले किन्यो
आइतबार, माघ १४, २०७४ ००:००:०० | Comments

 

काठमाडौँ, १४ माघ । नेपाली युवा बलर सन्दीप लामिछानेले यस सिजनको इन्डियन प्रियिमर लिग (आइपीएल) खेल्ने भएका छन् ।

स्पीन बलर लामिछानेलाई दिल्ली डेयरडेभिल्सले उनको बेस प्राइस भारतीय रुपैयाँ २० लाखमा खरिद गरेको हो । अनक्याप्ड प्लेयर्समा रहेका लामिछानेलाई यसपटकको आइपीएलमा हेरिन लायक युवा खेलाडीको सूचीमा भारतीय मिडियाहरुले राखेका थिए ।

योसँगै आइपीएलमा बिक्री हुने उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।

स्याङ्जामा जन्मिएका १७ वर्षीय लामिछानेले यसअघि अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लर्कको सिड्नीमा आधारित रहेको क्लब वेस्टर्न सबअर्बस्बाट खेल्ने मौका पाएका थिए । उनले क्लार्कको क्रिकेट एकाडेमीमा प्रशिक्षणसमेत गर्ने अवसर प्राप्त गरेका थिए ।

सन् २०१६ को अप्रिल १६ मा उनले किर्तिपुरमा भएको नामिबयाविरुद्धको खेलमा सिनियर टोलीका लागि डेब्यु गरेका थिए । त्यस यता खेलिएका ९ खेलमा उनले १२ विकेट लिएका छन् ।

 

प्रतिकृया दिनुहोस