Wednesday, August 22 , 2018| बुधबार, भाद्र ६, २०७५ |
उत्तर अमेरिका तामाङ सम्मेलनले आपसी सहअस्तित्व, सहकार्य र भाईचारा अभिवृद्धि हुन्छः अध्यक्ष दोङ
शनिबार, पौष २९, २०७४ ००:२०:३७ | Comments

१२ जनवरी, न्यूयोर्क । उत्तर अमेरिका तामाङ सम्मेलनले तामाङहरुलाई एकताबद्ध गरी आपसी सहअस्तित्व, सहकार्य र भाईचारा अभिवृद्धि हुने तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष कुमार दोङले बताएका छन् ।

न्यूयोर्कमा आउँदो जनवरी १३ र १४ तारिखमा हुन लागेको सम्मेलनलाई मध्यनजर गर्दै सोसाइटीका अध्यक्ष दोङले सम्मेलन भव्यताकासाथ सम्पन्न हुने बताए । 'यो ऐतिहासिक पहिलो सम्मेलनले विश्वभरि छरिएर रहेका तामाङहरुलाई एकताको सकारात्मक सन्देश दिइनुपर्दछ, उनले भने ।' 

तामाङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण र सम्बद्र्धनका लागि दीर्घकालिन योजना बनाएर काम गर्नुपर्ने जिम्मेवारी आएको उनको भनाई छ । उनले भने, 'तामाङहरु अझै पनि शैक्षिक, आर्थिक, राजनैतिकलगायतका क्षेत्रमा निकै पिछडिएका छन् । यो सम्मेलनबाट पक्कै पनि समुदायको सर्वोपरि हितका लागि ठोस निर्णय हुने कुरामा विश्वस्त छौं ।' 

सिँगो समुदायको हितका लागि हुन लागेको सम्मेलनमा पछिल्लो केही गतिविधिहरुले अनावश्यक गुटबन्दी र नेतृत्वका लागि हानथाप भइरहेको भान भएको उनले बताए । उत्तर अमेरिकी तामाङ सोसाइटीको नयाँ नेतृत्वका लागि सहमति र सहकार्यबाट नेतृत्व चुनिनुपर्ने दोङको भनाई छ । उनले भने, 'हामीले समुदायको हितका लागि संगठन निर्माण गर्न लागेका हौं । यसकारण आपसी सहमति र सहकार्यबाट नै चुस्त दुरुस्त नेतृत्व चयन हुनुपर्दछ ।'

सोसाइटीको नेतृत्वको दावी गर्दै न्यूयोर्क राज्यबाटै दुईजनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिनु राम्रो नभएको उनी बताउँछन् । यदि न्यूयोर्क राज्यबाटै दुईजनाको उम्मेद्धवारी आउँछ भने अर्को राज्यबाट पनि उम्मेद्धवारी नआउला भनेर भन्न नसकिने उनको बुझाई छ । नेतृत्वको दावी गर्नेले आपसी सहमति र सहकार्यलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको धारणा रहेको छ ।

प्रतिकृया दिनुहोस