Thursday, April 19 , 2018| बिहीबार, बैशाख ६, २०७५ |
टिएसएद्धारा तामाङ सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग
बिहीबार, पौष २७, २०७४ २२:५५:३१ | Comments

नेपाली बुलेटिन संवाददाता
११ जनवरी, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका टिएसएले नेपालको नुवाकोट जिल्लाको भूकम्प प्रभावित म्हानेगाङ गाउँको तामाङ सामुदायिक भवन निर्माण गर्नका लागि तीन लाख चालीस हजार पाँच सय अट्तीस रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरले चार दशकदेखि तामाङ समुदायको भाषा, धर्म, संस्कृति, इतिहास र पहिचानका विषयमा खोज, अध्ययन र अनुसन्धान गर्दै आउनुभएका प्रोफेसर क्याथरिन एस मार्च नानाको अभियानलाई थप उर्जा दिनका लागि टिएसएले आर्थिक सहयोग गरेको नेपाली बुलेटिनलाई बताए । 

अमेरिकको कोर्नेल विश्वविद्यालयकी प्राध्यापक क्याथरिनले तामाङ समुदायको बाक्लो बसोबास रहेको रसुवाको सीमानामा पर्ने नुवाकोट जिल्लाको म्हानेगाङ गाउँमा तामाङ सामुदायिक भवन निर्माण लागि आवश्यक रकम जुटाउन अभियान थालेकी थिइन ।

गाउँमा भूकम्प प्रतिरोधी सामुदायिक भवन निमार्णको कार्य भइरहेको प्रोफेसर मार्चले बताएकी छन् । स्थानीय संघ संस्थाको सहयोगमा गाउँलेकै सहभागितामा निर्माणको परियोजना अघि बढाइएको उनले बताइन ।

 

प्रतिकृया दिनुहोस