Thursday, April 19 , 2018| बिहीबार, बैशाख ६, २०७५ |
उत्तर अमेरिका तामाङ सोसाइटीको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी घोषणा
बिहीबार, पौष २७, २०७४ ११:२५:४३ | Comments

११ जनवरी, न्यूयोर्क । उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आउने शनिबार र आइतबार न्यूयोर्कमा हुँदै छ । पहिलो पटक हुन लागेको सम्मेलनमा अध्यक्ष पदका लागि  लक्यान लामाले उमेद्वारीको घोषणा गरेका छन् । लामाले, थकाली किचनमा एक कार्यक्रम गरी उमेद्वारी घोषणा गरेका हुन् । 

लामाले उमेद्वारीको घोषणा गर्दै ७ बुँदे प्रतिवद्धता र ४ बुँदे गुरुयोजनासहित घोषणपत्र पनि सार्वजनिक गरेका छन । उनले, तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टी बनाउन आवश्यक पहल गर्ने, दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागीतामा भर्चुअल तामाङ अनलाइन स्कूल सञ्चालन गर्ने, भाषा, धर्म, कला र संस्कृति संरक्षण र संवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, युवा तथा विद्यार्थी मञ्च गठन गर्ने, न्यूयोर्कमा केन्द्रिय कार्यालय स्थापना गर्ने, विभिन्न ख्याति प्राप्त कलाकारहरुको सहभागीतामा डम्फु साँझ सांस्कृतिक कार्यक्रम गर्ने, आपदविपद निराकरणको लागि समिति बनाएर काम गर्नेलगायतका प्रतिवद्धताहरु अघि सारेका छन् । त्यस्तै, तामाङ संघसंस्थाको सहभागितामा ग्लोबल तामाङ कन्फरेन्स गर्ने,  प्रवासमा रहेका तामाङ संघ संस्था र व्यक्तिहरुको सहयोगमा अन्तर्राष्ट्रिय तामाङ एजुकेशन फण्ड स्थापना गर्ने, तामाङ प्रशासकिय भवन बनाउने र तामाङहरुको आर्थिक समृद्धिका लागि संयुक्त लगानीका लागि पहल गर्ने लगायतका बुँदा उनको गुरुयोजनामा समावेश छन् । 

उनले, तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टी बनाउन आवश्यक पहल गर्ने, दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागीतामा भर्चुअल तामाङ अनलाइन स्कूल सञ्चालन गर्ने, भाषा, धर्म, कला र संस्कृति संरक्षण र संवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, युवा तथा विद्यार्थी मञ्च गठन गर्ने, न्यूयोर्कमा केन्द्रिय कार्यालय स्थापना गर्ने, विभिन्न ख्याति प्राप्त कलाकारहरुको सहभागीतामा डम्फु साँझ सांस्कृतिक कार्यक्रम गर्ने, आपदविपद निराकरणको लागि समिति बनाएर काम गर्नेलगायतका प्रतिवद्धताहरु अघि सारेका छन् ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ तामाङले सम्मेलनका लागि शुभकामना दिए । छलफल र सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गर्दै वाइवाले, अध्यक्षका प्रत्यासी साथीहरु बसेर छलफल गन सुझाव दिए । यसैबीच,  तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष तथा सम्मेलनका कन्भेनर शान्ताबाबु थोकरले सम्मेलनबाट तामाङहरुको साझा घर बनाउन लागेको भन्दै अध्यक्षका प्रत्यासीहरुलाई मिलेर जान सुझाव दिए । 

त्यस्तै अध्यक्षका प्रत्यासी भरत लामाले, एक अर्कालाई हिलो छ्याप्ने काम नगरी मिलेर जान र सर्वसम्मत भएर जान अनुरोध गर्दै शुभकामना दिए । यसैबीच, तामाङ सोसाइटी अफ अमेरिका ९टिएसए० का पूर्व अध्यक्षहरु, राम तामाङ, सुवास लामा, इन्द्र तामाङ, सुर्य तामाङ, भोजराज थोकर, गैरआवासी नेपाली संघ  (एनआरएन) अमेरिकाका महासचिव बिआर लामा, टिएसएका महासचिव अमर तामाङ, एनआरएनका युवा संयोजक पवन योञ्जन लगायतले शुभकामना दिंदै  सहमति र सल्लाह गरेर मिलेर जान सुझाव दिएका छन । 

प्रतिकृया दिनुहोस