Tuesday, January 23 , 2018| मंगलबार, माघ ९, २०७४ |
'डम्फु साँझ'मा म्हेन्दोमाया किङ सागर एस वाइवा अमेरिका आउने
मंगलबार, पौष २५, २०७४ १२:४२:३९ | Comments

९ जनवरी, न्यूयोर्क ।  तामाङ सोसाइटी अफ अमेरिका टिएसएले आयोजना गर्न लागको 'डम्फु साँझ’ कार्यक्रममा म्हेन्दोमाया गायक सागर एस वाइवा अमेरिका आउने भएका छन् ।

जनवरी १४ तारिखका दिन ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा हुन लागेको कार्यक्रममा गायक वाइवाले म्हेन्दोमाया, सेलो तथा आधुनिक गीतहरु प्रस्तुति दिने बताए । दक्षिण कोरिया, दुबई, कुबेत, कतार, युरोपका विभिन्न मुलुकहरुमा आफनो वेजोड प्रस्तुति दिइसकेका गायक वाइवा पहिलोपटक अमेरिका आउन लागेका हुन् । 

तामाङ समुदायका आस लाग्दा प्रतिभा वाइवाले अहिलेसम्म डेढ दर्जन एल्बम बजारमा ल्याई सकेका छन् । सानैदेखि गाउँका मेलापाता, जात्रा र पर्वहरूमा गीत सुनेको भरमा सांगीतिक यात्रामा लागेका थिए ।  

२०५७ सालदेखि सांगीतिक क्षेत्रमा आफनो पाइला चालेका उनले ‘साइकल कोरोरो’ एल्बमले पश्चिमी तामाङ समुदाय माझ लोकप्रिय भएका हुन् । त्यसपछि उनले ‘सप्तङ स्योङ’, ‘पाटा म्हेन्दो’, ‘चच्चाराङी’, ‘सेमा ओस ओस’, ‘सेम्चे माया लो’, ‘खनै गोम्बो’, ‘नोरक्यङ पिस्कुले’ लगायत ढेड दर्जन एल्बम निकालेका छन् भने तामाङ फिल्म ‘डोम्बो’, ‘टङजिम बोर्जी’ लगायतमा संगीत दिएका छन् ।

प्रतिकृया दिनुहोस