Thursday, April 19 , 2018| बिहीबार, बैशाख ६, २०७५ |
पूर्वराजा ज्ञानेन्द्र र यूपीका मुख्यमन्त्री योगीबीच लखनऊमा भेट
सोमबार, पौष २४, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, २४ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।

केही दिन अघि नेपालगंजमा खुलेको सोल्टी होटलको उद्धघाटन गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार लखनऊ पुगेका थिए। उनी बिहान पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही लखनऊ गएका थिए।

पूर्व राजा शाहसँग भेटपछिको तस्बिर राख्दै योगीले ट्वीट समेत गरेका छन्। उनीहरुबीच भेटमा के कुराकानी भयो त्यो भने ट्वीटमा खुलाइएको छैन। ट्वीटमा लेखिएको छ- 'आज लखनऊस्थित सरकारी आवासमा नेपालको पूर्व राजासँग भेट भयो। उहाँलाई दोसल्ला र कुम्भको लोगो भेट गरें।'

मुख्यमन्त्री योगी नेपालमा राजसंस्थासहित हिन्दुराष्ट पुनर्स्थास्थापनाका पक्षधर मानिन्छन्।

प्रतिकृया दिनुहोस