Tuesday, January 23 , 2018| मंगलबार, माघ ९, २०७४ |
नाट्टाको अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टाबाट आँफुले केहि नलिने श्रेष्ठको घोषणा
सोमबार, पौष २४, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, २४ पुस । आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा बरिष्ठ ट्राभल व्यवसायि राम प्रसाद श्रेष्ठले डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । श्रेष्ठ हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन । 

नेपालमा सुरुवात अवस्थामा पिस एण्ड हेभेन ट्राभल्स एण्ड टुर्स प्रा.लि. सञ्चालन गरि टुरिष्ट बसको सेवा प्रदान गरेका श्रेष्ठले सन १९९७ देखि हार्भेष्ट मुन सञ्चालन गर्दै आएका छन । ट्राभल व्यवसायमा ७५ जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिँदै आएका श्रेष्ठ नाट्टालाई आर्थिक रुपमा पारदर्शी बनाउन र नाट्टा भित्र राजनीतिक गतिविधिलाई रोक्न आँफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको वताउँछन ।

“म नाट्टामा निर्वाचित भएमा विभिन्न ठाउँ वाट स्रोत पहिचान गरि सवै सुविधा र एउटा सम्मेलन केन्द्र सहितको नाट्टाको आफ्नै अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टालाई आर्थिक रुपमा समृद्ध बनाउने योजना छ”–श्रेष्ठले भने । राज्यलाई गाली मात्र नगरेर राज्यसंग नै सहकार्य गरि निति निर्माण गर्दै नेपालमा सरकार र नीजि क्षेत्रको सहकार्यले मात्र नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिने उनको धारणा छ । राज्यसंग मिलेर निति निर्माण गर्दै पूर्वाधारहरुको निर्माण गर्न सके नेपालले पर्यटन क्षेत्रकै माध्यमवाट समृद्धि हाँसिल गर्नेमा उनी विश्वास राख्छन ।

नाट्टाका हरेक कार्यक्रमहरु जस्तै स्वर्ण महोत्सव तथा अन्य कार्यक्रमहरुमा आफ्नो कम्पनीले प्रमुख प्रायोजक भएर सहयोग गरेको तथा भुकम्पको समयमा समेत आँफुले नाट्टालाई प्रमुख सहयोग गरेको उनले वताए । त्यसैकारण अर्थ र व्यापार संग कुरा गर्दै श्रेष्ठले नाट्टामा निर्वाचित भएर गएमा  कोषाध्यक्षको रुपमा आँफुले नाट्टा वाट केहि नलिने र त्यो आफ्नै व्यक्तिगत ढंगले खर्च गर्ने वताए ।“मलाई नाट्टामा निर्वाचित भएर गएमा मलाई केहि लिनु छैन,नाट्टा र यसका सदस्यहरुको हितमा काम गर्दै नाट्टालाई समृद्ध नाट्टामा बदल्ने हाम्रो योजना हो”–श्रेष्ठले भने ।

आँफु नाट्टामा निर्वाचित भएमा टुरिष्ट बसपार्क निर्माण गर्न प्रतिवद्ध रहेको उनले वताए । सुरुवातमा आँफैले टुरिष्ट बस सञ्चालन गरेकोले टुरिष्ट बस सञ्चालकहरुको समस्या आँफुले राम्रोसंग बुझेको र त्यसलाई समाधानका लागी आँफु क्रियाशील हुने उनले वताए । त्यसवाहेक नेपालमा रहेका टुर अपरेटरहरुको अन्तर्राष्ट्रिय सञ्चाल विस्तारका लागी नाट्टाले हरेक वर्ष कम्तीमा उनीहरुलाई २ पटक विदेश लैजाने र सस्तोमा टिकट उपलब्ध गराउन आँफुले पहल गर्ने श्रेष्ठले वताए ।

प्रतिकृया दिनुहोस