Wednesday, November 21 , 2018| बुधबार, मंसिर ५, २०७५ |
मध्यान्ह दैनिकका सम्पादक श्रेष्ठलाई मञ्चद्धारा सम्मान
आइतबार, पौष २३, २०७४ ००:००:०० | Comments

 

Madan sir samman

२३ पुस, काठमाडौं । मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ ‘अग्रज पत्रकार सम्मान २०७४’बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार मञ्चले सम्पादक श्रेष्ठलाई उक्त सम्मानबाट सम्मानित गरेको हो । शनिबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि रक्षा मन्त्री भीमसेनदास प्रधानले सम्मानपत्र प्रदान गरेर तथा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले खादा ओढाएर सम्पादक श्रेष्ठलाई सम्मान गरेका थिए । मञ्चका अध्यक्ष युवाराज विद्रोहीको सभापतित्वमा भएको कार्यक्रममा सम्पादक श्रेष्ठ विगत ३२ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेकोले अग्रज पत्रकारका रुपमा सम्मान गरिएको मञ्चका अध्यक्ष विद्रोहीले बताए ।

सोही कार्यक्रममा प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार यज्ञ ढकाललाई नगद १५ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको थियोभने विगत ३२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार प्रल्हाद रिजालका साथैयोगेन्द्रप्रताप शाही तथा रामकुमार अधिकारीलाई पनि अग्रत पत्रकार सम्मानबाट सम्मान गरिएको थियो । सोही कार्यक्रममा सुनकोशी गाउँपालिकामा उप्रमुख निर्वाचित मञ्चकी कार्यसमिति सदस्य लक्ष्मी पौडेललाई समेत बधाई एवं सम्मान प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस