Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
छिमि मम्बाको नयाँ भिडियो सार्वजनिक, राजकिङ वाईबा र रश्मीको बेजोड प्रस्तुती
सोमबार, पौष १७, २०७४ ००:००:०० | Comments

काठमाडौं, १७ पुष । चर्चित गायिका छिमि मम्बाको ‘हजार पचासला’ बोलको नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । 
जम्बुलिङ फिल्मस्को प्रस्तुती रहेको उक्त म्युजिक भिडियोमा निर्देशक एवं गायक राजकिङ वाईबा र गायिका छिमि मम्बाको स्वर रहेको छ । भिडियोलाई स्वयम निर्देशक एवं गायक राजकिङ वाईबाले निर्देशन गरेका छन् भने उक्त गीतको शब्द र संगीत सागर एस. वाईबाको रहेको छ ।  
साथै यस गीतको भिडियोमा चर्चित मोडल रश्मी तामाङ र निर्देश वाईबाको बेजोड नृत्य रहेको छ । 
गायिका छिमि मम्बाको यस अघिपनि दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भईसकेका छन् । जसमा ‘तामाङ ठिटी’ बोलको गीतलाई युट्युबमा झण्डै तीन लाखले हेरिसकेको छ भने अन्य चर्चित गीतहरु पनि सार्वजनिक हुने क्रम जारी रहेको गायिका मम्बाले बताईन् ।
भिडियो

प्रतिकृया दिनुहोस