Tuesday, August 21 , 2018| मंगलबार, भाद्र ५, २०७५ |
अदालतबाट माइकल ज्याकसनलाई सफाई
आइतबार, पौष ९, २०७४ २२:०२:३० | Comments

२४ डिसेम्बर, न्यूयोर्क । बाल यौन दुराचारको मुद्धामा अमेरिकाका एक न्यायाधीशले विश्वप्रसिद्ध गायक माइकल ज्याकसनलाई सफाई दिएका छन् । एक जना नृत्य निर्देशकले ज्याकसनले उनलाइ बाल्यकालमा यौन दुराचार गरेको अभियोगमा मुद्धा दर्ता गरेका थिए । 

न्यायधीश मिचेल बेकलफले अहिले ३५ वर्ष पुगेका वाड रोबसनको मुद्धामा सुनुवाई गर्दै माइकल ज्याकसनलाई सफाई दिएका हुन् । रोबसनका वकिलले भने उनी यस सुनुवाईबाट सन्तुष्ट नभएको र यस मुद्धाको पुनरावेदन दर्ता गर्ने बताएका छन् । अष्टे«लिया घर भएका रोबसनले ब्रिटानी स्पेयर्स र एनएसवाईएनसीसँग काम गर्ने क्रममा ५ वर्षको उमेरमा ज्याकसनलाई भेटेका थिए ।

सन् २००५ को आपराधिक मुद्धामा बयान दिने क्रममा ज्याकसनले नेभरल्याण्ड रान्चमा आफूसँग २० भन्दा धेरै रात बिताएको बताएका थिए । तर, ज्यकसनले कुनै दुराचार नगरेको रोबसनले बताउँदै आएका थिए । त्यसबेला ज्याकसनले सफाई पाएका थिए । तर, ज्याकसनको निधन भएको ४ वर्षपछि रोबसनले ज्याकसनविरुद्ध आफूलाई ७ वर्षसम्म यौन दुराचार गरेको आरोप लगाउँदै मुद्धा दायर गरेका थिए तर, सन् २०१५ मा अदालतले सुनुवाई गर्दै रोबसनले निकै ढिलो गरी मुद्धा दायर गरेको भन्दै उनलाई कुनै क्षतिपूर्ति दिन नसकिने बताएको थियो ।

रोबसनका वकिलले अदालतको यस सुनुवाईले खतरनाक नजिर बसेको जनाएका छन् । यता ज्याकसनका आफन्त तथा नजिकका मानिसहरुले अदालतको आदेशको स्वागत गरेका छन् ।

प्रतिकृया दिनुहोस