Tuesday, January 23 , 2018| मंगलबार, माघ ९, २०७४ |
‘कृ’को ट्रेलर रिलिज, अनमोलको फरक स्टाइल
आइतबार, पौष २, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, २ पुस । २० लाख पारिश्रमिक सहित अनुबन्धित भएदेखि चर्चामा रहेको युवा स्टार अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर शुक्रबार रिलिज भएको छ। करिब ३ मिनेट र केहि लामो ट्रेलरमा अनमोललाई रोमान्टिक प्रेमी तथा एक्शन अवतारमा पेस गरिएको छ।

फिल्मको तयारीका लागि भन्दै करिब ६ महिना एक्शन तथा जीम गरेका अनमोल ट्रेलरमा आफ्ना अघिल्ला चार सिनेमा भन्दा फरक देखिएका छन्। युवा दर्शकमाझ विशेष क्रेज स्थापित गरेका अनमोल फिल्मी पर्दामा लामो समयपछि यसै फिल्मबाट देखिनेछन्।

सबैभन्दा पहिले पारिश्रमिक र पछि फिल्मको लुक सार्वजनिक भएसँगै  दर्शकहरूको फिल्मप्रति विशेष चासो बढिरहेको छ। फिल्मले नेपाली वक्सअफिसको सुरूवाती व्यापारमा नयाँ मानक स्थापित गर्ने अनुमान छ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको ‘कृ’मा अनमोलसँग मोडल अदिति बुढाथोकीले डेब्यू गर्दैछिन्। अनमोल तथा अदितिका अलावा फिल्ममा  सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा बनेको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भूवन केसी फिल्मका निर्माता हुन् ।

निर्माण पक्षले फिल्मको बजेट ३ करोड नाघेको दाबी गर्दै आएको छ। फिल्म माघ २६ गते रिलिज हुनेछ।

प्रतिकृया दिनुहोस