Tuesday, August 21 , 2018| मंगलबार, भाद्र ५, २०७५ |
एनएमएद्धारा आयोजित चौथौ माउण्टेन फेस्टिबलको तयारी पूरा
आइतबार, मंसिर २४, २०७४ ००:००:०० | Comments

पोखरा । नेपाल पर्वतारोहण सघंले आयोजना गर्न लागेको चौथो माउण्टेन फेस्टिवलको तयारी पूरा भएको छ । 
संघले मंसिर २५ र २६ (डिसेम्बर ११ र १२) गते दुई दिन पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रातो पैह्रोमा फेस्टिवलको आयोजना गरेको हो । संयुक्त राष्ट्र संघले हरेक बर्ष ११ डिसेम्बरलाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाउदै आइरहेकोमा नेपालमा पनि सोही अनुसार विगत ३ बर्षदेखि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पर्वतीय दिवसका रुपमा मनाउदै आएको छ । यस बर्षको नारा माउण्टेन अण्डर प्रेसर ः क्लाईमेट, हङगर माईग्रेसन रहेको छ ।
पर्वत र पर्वतमा बस्ने मानिसहरुको जिविकोपार्जनमा अभिवृद्धि गर्न ज्ञान सीप प्रविधिको आदान प्रदानका साथै पर्वतीय उत्पादनलाई अभिप्रेरित गर्ने, पर्वतीय वातावरणमा आएको परिवर्तन बारे प्रर्दशनी र जानकारी दिइनुका साथै पर्वतारोहण एवम् पर्वतीय संस्कृतिको र प्रर्वतीय प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले माउण्टेन फेस्टिवल मनाउन लागिएकोे हो । महोत्सवमा यस बर्ष क्लाइम्बीङ वाल, धनुषवाण र छेलो मुख्य इभेन्टको रुपमा रहेको बताइएको छ भने अन्य साँस्कृतिक नृत्यहरु, प्रविधि प्रर्दशनी एवम तालिम र प्रर्दशनी कक्षको अवलोकन गर्ने लगायतका आर्कषणहरु रहेको जानकारी दिइएको छ । महोत्सवमा २५ वटा स्टल रहने जानकारी दिइएको छ । 
महोत्सवको निशुल्क अवलोकन गर्न सकिने आयोजकले बताएको छ । नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङले फेस्टिवल सफल बनाउन हिमालसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुको समन्वय तथा सहकार्यको खाँचो रहेको बताए । 

प्रतिकृया दिनुहोस