Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
अमेरिकाको वार्षिक आप्रवासन प्रतिवेदनः पक्राउ पर्ने बढे, सीमा क्षेत्रबाट अवैध रुपमा अमेरिका आउने बढे
बुधबार, मंसिर २०, २०७४ २१:११:०३ | Comments

६ नोभेम्बर, न्यूयोर्क । अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा वर्ष २०१७ मा पक्राउ पर्ने अवैध आप्रवासीको सङ्ख्या बढेको देखिएको छ । तर, प्रतिवेदनमा दक्षिणी सीमाबाट पक्राउ पर्ने आप्रवासीको सङ्ख्या भने ह्वात्तै घटेको देखिएको छ ।

वर्ष २०१७ मा जम्मा ३ लाख १० हजार ५ सय ३१ जना अवैधानिक रुपमा अमेरिका पस्न खोज्ने अवैध आप्रवासीलाई अमेरिकी सीमा गस्ती प्रहरीले पक्राउ गरेका थिए । यस सङ्ख्या १७ वर्ष यताकै सबैभन्दा कम हो ।

पक्राउ पर्नेमध्ये करिब ९८ प्रतिशत अवैध आप्रवासी मेक्सिकोसँगको सीमा क्षेत्रमा पक्राउ परेका थिए । यसरी पक्राउ पर्ने अवैध आप्रवासीको सङ्ख्यालाई अवैध रुपमा सीमा पार गरी अमेरिका आउने आप्रवासीको सङ्ख्या मापन गर्न प्रयोग गरिन्छ ।

यस वर्षका अप्रिल महिना सबैभन्दा कम आप्रवासीहरु सीमा क्षेत्रबाट पक्राउ परेका थिए । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार अप्रिलमा केबल दक्षिणी सीमाबाट ११ हजार १ सय २७ जना मात्रै पक्राउ परेका थिए ।

त्यस्तै सेप्टम्बर महिनामा सबैभन्दा बढी २२ हजार ५ सय ३७ अवैध आप्रवासी अवैधानिक रुपमा अमेरिका प्रवेश गर्ने क्रममा दक्षिणी सीमाबाट पक्राउ परेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेको मिति २१ जनवरीदेखि अप्रिलसम्म सीमाक्षेत्रबाट पक्राउ पर्ने आप्रवासीको सङ्ख्या निरन्तर कम हुँदै गएको भन्सार तथा नागरिकता निकायका कार्यवाहक उप निर्देशक रोनाल्ड भिटिएलोले मंगलबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

मे महिनाबाट अवैध रुपमा अमेरिका छिर्न खोज्ने क्रममा पक्राउ पर्ने मानिसहरुको सङ्ख्या भने क्रमशः बढ्दै गएको देखिन्छ । यसरी अवैध रुपमा अमेरिका छिर्न खोज्ने आप्रवासीमध्ये बालबालिकाको सङ्ख्या भने उच्च रहेको बताइएको छ । यस्ता बालबालिकामा एक्लै आउने सँगै परिवारको साथ आउने बालबालिका पनि छन् ।

सेप्टम्बर महिनामा सबैभन्दा बढी २२ हजार ५ सय ३७ अवैध आप्रवासी अवैधानिक रुपमा अमेरिका प्रवेश गर्ने क्रममा दक्षिणी सीमाबाट पक्राउ परेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेको मिति २१ जनवरीदेखि अप्रिलसम्म सीमाक्षेत्रबाट पक्राउ पर्ने आप्रवासीको सङ्ख्या निरन्तर कम हुँदै गएको भन्सार तथा नागरिकता निकायका कार्यवाहक उप निर्देशक रोनाल्ड भिटिएलोले मंगलबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

सन् २०१७ मा सीमाबाट पक्राउ पर्ने आप्रवासीमध्ये ७५ हजार ६ सय २२ जना परिवारका सदस्य छन् भने ४१ हजार ४ सय ३५ जना बालबालिका छन् । ‘हामी मध्य अमेरिकाबाट अमेरिका आउने बालबालिकाको सङ्ख्या बढेकोमा चिन्तित छौँ ।’ भिटिएलोले भने ।

सीमाबाट पक्राउ पर्ने ५८ प्रतिशत आप्रवासी मेक्सिकोबाहकका मध्य अमेरिकी मुलुकका आप्रवासी छन् । राष्ट्रपति बनेदेखि नै राष्ट्रपति ट्रम्पले सीमा सुरक्षा तथा अवैध आप्रवासनलाई जरैदेखि निमिट्यान्न पार्ने नीति लिँदै आएका छन् ।

राष्ट्रपति बनेको एक साता नबित्दै ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकाको आप्रवासन तथा भन्सार निकायको अधिकार क्षेत्रलाई विस्तार गरेका थिए । यस ट्रम्पले प्रत्यायोजन गरेको अधिकार अनुसार आप्रवासन तथा भन्सार निकायले जोसुकै अवैध आप्रवासीलाई पक्राउ गर्न सक्छ ।

आप्रवासन तथा भन्सार निकायलाई दिइएको यस अधिकारले व्यवहारिक रुपमा धेरै अवैध आप्रवासीको पक्राउ तथा धेरै आप्रवासन प्रहरीलाई तैनाथ गर्न बाटो खोलेको थियो । ट्रम्पका आलोचकहरुले भने ट्रम्प प्रशासनको आप्रवासन नीति निर्दयी रहेको आरोप लगाउँदै आएका छन् ।

‘यस प्रशासनले गोरा जातीका मनिसहरुबाहेक सबैलाई आक्रमण गर्दै आएको छ ।’ युनाइटेड वी ड्रिम नामक आप्रवासनसम्बन्धी संस्थाकी एम्बर पिन्टोले भनिन् । उनका अनुसार ट्रम्प प्रशासनका कारण आप्रवासीहरु समाजबाट हराउँदै गएका छन् भने आप्रवासन प्रहरीले उनीहरुमाथी ज्यादती पनि गर्ने गरेका छन् ।

‘मानिसहरुलाई पक्राउ गरिएको तथा देश निकाला गरिएका सुन्दै आएका कारण हाम्रा आप्रवासन समुदायहरु त्रासमा छन् ।’ उनले भनिन् । अमेरिकी आप्रवासन तथा भन्सार निकायका कार्यवाहक निर्देशक थोमस होमानले भने राष्ट्रपति ट्रम्पको बचाउ गर्दै ट्रम्पकै नीतिका कारण विगत ४५ वर्षमा सबैभन्दा कम आप्रवासीले अवैध रुपमा सीमा पार गरेको जनाए ।

‘यो संयोग हुनै सक्दैन, यो राष्ट्रपति ट्रम्पले आप्रवासन प्रहरी तथा सीमा सुरक्षा प्रहरीलाई स्वतन्त्र रुपमा आफ्नो काम गर्न दिँदाको परिणाम हो ।’ होमानले भने । वर्ष २०१७ मा आप्रवासन प्रहरीले आप्रवासन कानून उल्लङन गरेको अभियोगमा १ लाख ४३ हजार ४ सय ७० आप्रवासीलाई गिरफ्तार गरेको थियो । यस सङ्ख्या तीन वर्ष यताकै सबैभन्दा बढी हो ।

यस सङ्ख्या अघिल्लो वर्ष २०१६ को भन्दा ३० प्रतिशतले धेरै रहेको बताइएको छ । त्यस्तै अमेरिकामा अपराध गरी बसिरहेका आप्रवासीको सङ्ख्या पनि उल्लेख्य रुपमा बढेको छ । अघिल्लो वर्ष २०१६ मा १० हजार ९ सय ८५ जना अपराधी आप्रवासी पक्राउ परेकोमा सन् २०१७ मा भने पक्राउ पर्ने अपराधी आप्रवासीको सङ्ख्या नाटकीय रुपमा बढेर १ लाख ५ हजार ७ सय ३६ पुगेको छ ।

प्रतिकृया दिनुहोस