Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
उत्तर अमेरिका तामाङ सम्मेलन: नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा भरत मोक्तानद्धारा उम्मेद्वारी घोषणा
आइतबार, मंसिर १७, २०७४ ०७:२०:४६ | Comments

नेपाली बुलेटिन संवाददाता
१ डिसेम्बर, न्यूयोर्क । उत्तर अमेरिकाभित्र रहेका तामाङहरुलाई एकीकृत गर्दै आउँदो जनवरी १३ र १४ तारिखमा उत्तर अमेरिका तामाङ सम्मेलनको भव्य तयारी हुँदैछ । सम्मेलनबाट सोसाइटीको केन्द्रिय नेतृत्व समेत चयन हुनेछ । यसैबीच तामाङ सोसाइटी अफ अमेरिका टिएसका पूर्व अध्यक्ष भरत मोक्तानले सम्मेलनबाट बन्ने नयाँ नेतृत्वको अध्यक्ष पदका लागि आफनो उम्मेद्वारी घोषणा गरेका छन् । 

नेपाली बुलेटिनसँग कुराकानी गर्दै उत्तर अमेरिकाभरि छरिएर रहेका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई एकआपसमा सहकार्य गर्दै सिँगो तामाङ  समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि दीर्घकालीन कार्य योजनासहित काम गर्ने उनले बताए । 'हामीले शैक्षिक, सामजिक, आर्थिक र राजैनैतिकलगायत विषयमा पनि उक्तिकै चासो दिनु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि पनि सम्बन्धित विज्ञहरुसँग छलफल गरेर विस्तृत योजना प्रस्तुत गर्नेछु , उनले भने ।' 

आफूले सोसाइटीमा क्रियाशील रहनुभएका अग्रजदेखि सबै साथीभाईसँग साथसहयोग र सुझाव लिएर उम्मेद्वारी दिएको मोक्तानको भनाई छ ।  'सामाजिक सेवामा मैले संगालेको अनुभव, संघसंस्थासँगको मेरो जनसम्पर्क र सोसाइटीको लागि पूर्ण समय दिने प्रतिबद्धतासहित उम्मेदवारी दिएको हुँ ।, उनले भने ।'  

'सामाजिक सेवामा संगालेको अनुभव, संघसंस्थासँगको मेरो जनसम्पर्क र सोसाइटीको लागि पूर्ण समय दिने प्रतिबद्धतासहित उम्मेदवारी दिएको हुँ , उनले भने ।'    

प्रतिकृया दिनुहोस