Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
राजपा नेपालले घोषणापत्रमै ल्यायो बहुराष्ट्रका विवादास्पद विषय
बिहीबार, मंसिर ७, २०७४ ००:००:०० | Comments

 

 

काठमाडौं, मंसिर ७ । राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले अलग राष्ट्रको बारेमा दिँदै आएको विवादस्पद अभिव्यक्तिलाई आफ्नो घोषणापत्र मार्फत सार्वजनिक गरेको छ ।

महेत्तरीको जलेश्वरमा संयोजक ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलागयतका नेताहरुले आज सो विवादास्पद विषय समेटिएको  घोषणापत्र सार्वजनिक गरेका हुन् । 


घोषणापत्रमा नेपाल बहुराष्ट्रिय देश हुनुपर्ने धारणासहित राजपाले ‘एक राज्य एक राष्ट्र’ हुनैपर्छ भन्ने धारणा आदर्शवादी भएकापनि सधै व्यावहारिक नहुने उल्लेख गरेको छ । 

नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसँस्कृतिक र बहुराष्ट्रिय देश रहेको उल्लेख गर्दै राजपाले घोषणापत्रकै प्रस्तावनामा नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वशासित प्रदेश तिब्बतमा रहेका उस्तै सँस्कृति, भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भएपनि देश फरक रहेको उदाहरण प्रस्तुत गरेको छ । 

नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेशी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाल भएपनि  ती सामूहिक रुपमा आफैमा एक राष्ट्रपनि भएको घोषणापत्र सार्वजनिक गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले बताए । 
 जसको निश्चित भूगोल, समान जीवन पद्धति, सँस्कृति सभ्यता एवं मनोविज्ञान रहेको उल्लेख गर्दैै यो भारत, मरसिस र अन्य देशका समुदायहरुसँग मेल खान सक्ने कुरा पनि घोषणापत्रमा उल्लेख छ ।

राजपा नेपालले आफ्नो घोषणापत्रको प्रस्तावनामै लेखेको छ–वास्तावमा एउटा राज्य–राष्ट्रको निर्माण तब मात्र प्रारम्भ हुन्छ जब मुलुकका सबै तह र तप्का, वर्ग, समुदाय र नागरिकले समानताको महसुस गर्छन् र राज्य निर्माणको अभिभारा समानरुपले ग्रहण गर्छन् ।’

मंसिर १० गतेको चुनाव हुन तीन दिन बाँकी रहेको अवस्थामा सो पार्टीले आज घोषषापत्र सार्वजनिक गरेको हो । 

प्रतिकृया दिनुहोस