Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
प्रचण्डका पुत्र प्रकाश दाहालको हृदयघातबाट मृत्यु
आइतबार, मंसिर ३, २०७४ ००:००:०० | Comments

 

 

 

काठमाडौँ, ३ मंसिर  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको नर्भिक अस्पतालका डाक्टरहरुले जनाकारी दिएको छ ।

अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टहरुले सो जानकारी दिएका हुन् ।

बिहान ५ बजेर ५० मिनेट जाँदा प्रकाश दाहाललाई अस्पताल पुर्याइएको थियो । डा जेपी जैसवाल र यादव भट्टका अनुसार अस्पताल ल्याइपुर्याउँदा मुटुको धड्कन बन्द भइसकेको थियो, श्वासप्रश्वास केही पनि थिएन । 

आँखाको नानी पनि डाइलेटेड भइसकेको थियो भने शरीरको रिफ्लेक्स पनि थिएन । शरीर कडा भइसकेको थियो ।

डाक्टरहरुले अस्पताल ल्याउन भन्दा तीन घण्टा अघि नै निधन भइसकेको बताए ।

‘इसिजी गर्दा पनि केही नभेटिए पछि हामीले परिवारलाई बिहान ६ बजे प्रकाश दाहाललाई मृत घोषित गरेका हौँ,’ डाक्टरहरुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस