Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
प्रधानमन्त्रीको गाउँपालिकामा नै छैन विजुली र टेलिफोन सेवा !
सोमबार, कार्तिक २७, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, २७ कात्तिक । डडेलधुरा जिल्लाको गन्यापधुरा  गाउँपालिकामा विजुली वत्ति छैन । टेलिफोन लाग्दैन  । जुन यथार्थ अरु कसैको नभएर प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँको हो ।  
गन्यापधुरा  गाउँपालिकामा अहिलेपनि ८० प्रतिशत भूभागमा टेलिफोन सेवा छैन । विजुली पुग्ने कहिले हो कहिले केहि थाहा छैन । वडा नं २का लोकन्द्र कार्कीले भने ‘टेलिफोन छैन । संसार आधुनिकताको चरम चुलिमा छ हामी भने अन्धकारमा बस्न बाध्य छौ । संचारको  दुनियाबाट टाढा छौ ।’
सुदुरपश्चिमको विकास नै देउवाले गरेको भन्नेहरुको कमि नभएको समयमा उनकै गाउँपालिका मान्छेहरु भने अहिलेपनि उज्यालो र संचारको क्षेत्रबाट बन्चित रहनु परेको छ ।
वडा नं ३का भवानी ठगुन्ना भन्छन् ‘देउवा यो देशको ४ पटक प्रधानमन्त्री हुँदा पनि हाम्रालागि अहिले सम्म विजुली र टेलिफोन आएन भने कसरी विकास प्रेमी मान्नु हामी ।’
देउवाले बहुदलदेखि अहिले सम्म डडेलधुराबाट चुनाव जित्दै आएका छन् । यो पटक भने वामगठबन्धनको भोट उनको भन्दा ९ हजारले बढी छ ।  त्यसैले उनको चुनावी नतिजा कस्तो आउने हो  अहिले नै भन्न नसकिने अवस्था रहेपनि रोचक प्रतिस्पर्धा हुने भने पक्का  छ । 

प्रतिकृया दिनुहोस