Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
वाणस्थली युवा समाजद्धारा वनभोज कार्यक्रम सम्पन्न
सोमबार, कार्तिक २७, २०७४ ००:००:०० | Comments

काठमाडौं । चन्द्रागिरी नगरपालिका वाणस्थलीका युवाहरुको संस्था वाणस्थली युवा समाजद्धारा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । 
शनिबार मकवानपुरको रमणीयस्थल मार्खु कुलेखानीमा भएको वनभोज कार्यक्रममा कुनै पनि दलगत स्वार्थ पुरा गर्न नभई सामाजिक उत्तरदायित्व वहन गर्ने वाणस्थली युवा समाजको लक्ष्य भएकोले वनभोज कार्यक्रममा समाजका पदाधिकारी लगायत स्थानिय समाजसेवी एवंम बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष विश्वनाथ राना मगरले राजनीतिक सोचबाट माथि रहेर मात्र समाज मार्फत आफ्नो सामाजिक उत्तरदायित्व चिनाउने माध्यमको रुपमा समाजलाई बुझिदिन आग्रह गर्नुभएको छ ।
वाणस्थली लगायत सिंगो चन्द्रागिरी क्षेत्रको ऐतिहासिक, धार्मिक, सास्कृतिक र पर्यटकीय तथा कृषि क्षेत्रको पहिचानलाई जिवन्त र विकसित रुपमा अगाडी लैजाने पुलको रुपमा समाजलाई अगाडी बढाउन सबै वाणस्थलीबासीहरुको हातेमालो आवश्यक रहेको र तेरो मेरो र त्यसको भन्ने सोचबाट माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्न समाजका सचिव हरिहर खड्काले सबैको ध्यानाकर्षण गराउनुभयो । 
भावी सन्तति र युवा पुस्तालाई समाज सेवा के हो किन हामी यसका लागि हामी अग्रसर हुनुपर्दछ भन्ने कुरालाई शिक्षाको पाठस्वरुप सिकाउन पनि समाजको भूमिका एवं पहल रहनुपर्नेमा कार्यक्रममा सहभागी सामाजिक क्षेत्रका व्यक्तिहरुले जोड दिएका थिए । 

प्रतिकृया दिनुहोस