Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'साथीहरुले मेरो आवश्यकता महसुस गर्नु भयो भने नेतृत्व सम्हाल्न म सधै तयारी छु'
बुधबार, कार्तिक २२, २०७४ ०६:५३:०० | Comments

शान्त थोकर, तामाङ सोसाइटी अमेरिकाका अध्यक्ष तथा सम्मेलनका कन्भेनर

उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने सोच कहाँबाट पाउनु भयो ?
म सधै तामाङहरु सगठित भएर अगाडि बढ्नुपर्छ भन्ने व्यक्ति हुँ।अमेरिकाभरिका तामाङ संघसंस्थालाई एक ढिक्का बनाउनुपर्छ भन्ने मेरो सपना थियो । अरु साथीहरुले पनि यसबारेमा सपना देखेका थिए तर म काम गरेर सपना देख्न रुचाउने मान्छे त्यसैले आज हामी सफल भएका छौ, हामी सबैको सपना साकार पार्न । नेतृत्व मैले गरे तापनि यो  सम्मेलनलाई सफल बनाउन यस क्षेत्रका धेरै तामाङ अगुवाहरुको महत्वपूर्ण भूमिका रहेको छ ।

सम्मेलनमा के कति प्रतिनिधिहरु आउने अपेक्षा गर्नु भएको छ र ?
लगभग २ सय जना प्रतिनिधिहरु र १ सय जना पर्यवेक्षकहरुले यो सम्मेलनमा भाग लिनेछन् । हरेक सस्था गठन भएको राज्यबाट बढिमा १० जना र नभएको राज्यबाट बढिमा ३ जना प्रतिनिधि आउन सकिनेछ। नोभेम्बर महिनाभित्र न्युयोर्कलगायत पेन्सेल्भेनिया, टेक्सास र बाँकी अन्य राज्यहरुमा गठन कार्य सम्पन्न गरि सकिनेछ । त्यसैगरेर युरोप, अष्ट्रेलिया, मिडिलईष्ट र नेपालबाट जम्माजम्मी १ सय जना अतिथिहरुलाई निमन्त्रणा गरिएको छ । 

सम्मेलनको लागि अनुमानित बजेट कति छ ?
लगभग एक लाख डलर यो सम्मेलनमा खर्च हुनेछ ।

यति ठुलो बजेटको श्रोत के हो नि ?
आर्थिक श्रोत भनेकै संस्थागत शुल्क, प्रतिनिधि शुल्क र सहयोगीहरुबाट प्रायोजन हो ।

के सम्मेलनले नयाँ नेतृत्व पनि छनौट गर्नेछ ?
उत्तर अमेरिकाभरिको तामाङ संघसंस्थालाई यो सम्मेलनमार्फत तामाङ सोसाइटी अफ अमेरिकामा गोलबन्द गरिनेछ जसको लागि नयाँ नेतृत्वको चयन गरिनेछ ।

त्यसो हो भने के तपाई पुनः अध्यक्षको दाबेदार हो ?
मैले कहिल्यै पनि मलाई नेतृत्व चाहियो भनेर आजसम्म कसैसँग भनेको छैन । म २०१० मा सोसाइटीको महासचिव भएको मान्छे । तर साथीहरुले मेरो आवश्यकता महसुस गर्नु भयो र मलाई सोसाइटीको नेतृत्व गर्नु पर्यो भनेर आग्रह गर्नु भयो । म समुदायलाई माया गर्ने मान्छे, तामाङहरुको शशक्तिकरणको लागि सधै सकारात्मक छु । त्यसैले साथीहरुको आग्रहलाई हुन्न भन्न सकिन र २०१६ मा अध्यक्ष भएँ र उत्तर अमेरिका तामाङ सम्मेलन गर्दैछु । यदि फेरि पनि साथीहरुले मेरो आवश्यकता छ भनेर आग्रह गर्नु भयो भने म हुन्न भन्न सक्दिन ।  आखिरमा म समुदायलाई माया गर्ने मान्छे । कसरी हुन्न भन्नु ?

अध्यक्षको लागि अरु पनि प्रत्याशी छन् की छैनन् ?
अहिलेसम्म कसैले पनि अध्यक्षको प्रत्याशी बन्ने इच्छा मसँग जाहेर गरेको छैन । हुन सक्छ  भोलिका दिनमा प्रत्याशीहरु देखिन सक्छन् । तर साथीहरुलाई मेरो के आग्रह छ भने यो सम्मेलन हामी सबै मिलेर सफल बनाउँ । पहिलो सम्मेलन भएकोले नेतृत्वको लागि हानथाप गर्नुहुन्न भन्ने मेरो अनुरोध छ । यो सम्मेलनको सुत्रधार गर्नेलाई नेतृत्व सुम्पिनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले सर्वसहमतिबाट नेतृत्व चयन हुनेमा म ढुक्क छु ।

प्रतिकृया दिनुहोस