Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
पूर्व राष्ट्रपतिलाई घर छाड्न १५ दिने ‘अल्टिमेटम’
सोमबार, कार्तिक २०, २०७४ २१:५४:०४ | Comments

 

काठमाडौं, २० कात्तिक । पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई अहिले बस्दै आएको घर छाड्न भनिएको छ । आज एक दैनिक पत्रिकामा सूचनामा १५ दिने म्यादसहित घर छाड्न निर्देशन दिइएको छ ।

राष्ट्रपति कार्यलयले घरभाडा र विजुलीको रकम नबुझाएको भन्दै यसरी घर छाड्न सूचना जारी गरिएको छ । पटक–पटक घर खाली गर्न सूचना दिदा पनि घर खाली नगरेको भन्दै घरबेटी रविभक्त विष्टले पत्रिकामा सूचना निनकाले यस्तो बताएका हुन् ।

मंसिर १ गतेसम्म घर खाली नगरे कानुन अनुसार अगाडि बढ्ने विष्टले निकालेको सूचनामा छ । 

पूर्व राष्ट्रपति यादव २०७२ साल कार्तिक १२ गतेदेखि ललितपुरको बागडोलस्थित विष्टको घरमा बस्दै आएका थिए ।

तर, गत श्रावण १ गतेदेखि घर वहाल सम्झौता नगरी बहाल रकम र विजुलीको विजल रकम समेत भुक्तानी नगरी राष्ट्रपति यादव जबरजस्ती घरमा बसिरहेको आरोप विष्टले लगाएका छन् ।

यसअघि पनि राष्ट्रपतिको आवासको विषयमा बेलाबेला विवाद आउने गरेको थियो ।


प्रतिकृया दिनुहोस